काठमाडौँ । आगामी आर्थिक बर्षको २०७९/०८० को लागि मन्थली नगरपालिकाले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।
संघ र प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतसहित गरी करिब १ अर्ब ९ करोड बराबरको बजेट ल्याउने तयारी गरेको हो ।
मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरिएको जन प्रहारलाई बताए । उनले नगरवासीले प्रत्यक्ष रुपमा महशुस गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउने बताएका हुन् ।
कानुनी व्यवस्था अनुसार यही असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नु पर्नेछ ।
