Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा पब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २६ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।

उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बंगालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे ।

प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाशसहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

हत्यापछि उनले दुई दिनसम्म आमाको शव घरकै कोठामा बन्द गरेर राखेका थिए । आमाको हत्या गर्दा उनकी बहिनी पनि सँगै थिइन् । तर उनले बहिनीलाई यो कुरा कसैलाई नभन्न धम्क्याउने गरेको र गन्ध हटाउन रुम फ्रेसनर स्प्रे प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

मंगलबार भने ती किशोर आफैंले घटनाबारे आफ्नो बुवालाई जानकारी गराएको समाचारमा उल्लेख छ । उनका बुवाले छिमेकीलाई भनेपछि प्रहरीसम्म सूचना पुगेको थियो ।

सुरुमा ती किशोरले घटनाको झुटो विवरण बताउने गरेका थिए । उनले घरमा आउने गरेका इलेक्टि्रसियनमाथि आरोप लगाउने गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनले आमाको हत्या गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

भारत सरकारले दुई वर्ष अघि चीनमा निर्मित ११८ मोबाइल एप्सलाई बन्द गराएको थियो । त्यसमा पब्जी पनि एक हो । पब्जीको पूरा नाम ‘प्लेअर अन्नोन ब्याटल ग्राउण्ड’ हो । यो गेम इन्टरनेटमार्फत् इन्ड्रोइड फोनमा चल्छ ।

भारतमा यो खेलको मोबाइल एप्स प्रतिबन्धित भए पनि डेस्कटप भर्जन उपलब्ध थियो । साथै यो खेल खेल्नेहरुले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४