Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकाको फोहोर विसर्जन गर्न ल्याण्डफिल्ड साइटमा फेरि अवरोध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा हप्तौंपछि आज (मंगलबार) देखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका छन् ।

साेमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति नमान्ने भन्दै नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर लिएर गएका गाडीलाई अवरोध गरेका हुन् । साेमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि फोहोर विसर्जन गर्न दिनेलगायतका सहमति भएको थियो ।

तर आज काठमाडौंबाट फोहोर लिएर गएका महानगरपालिकाका गाडीलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले फोहोर फाल्न नदिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । साेमबार साँझ भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका छन् ।

ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयवासीको माग सम्बोधनगरि फोहार व्यवस्थापन गर्ने गरी सहमति जुटेको हो । सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिलसाइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टिमिटर माटोले पुर्नेछ। त्यसो गर्दा दुर्गन्ध फैलन नपाउने बताईएको छ ।

यसैगरी महानगरपालिकाले एक साताभित्रै स्थानीय वासिन्दाको स्वास्थ्य विमा गर्न सुरु गर्ने छ भने सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्नेछन । महानगरपालिकाले अबदेखि उपत्यकामा संकलन हुने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गर्नेछ । आगामी साउनदेखि कुहिने र नकुहिने फोहाेरलाई अलग्गै राख्नुपर्ने व्यवस्था महानगरपालिकाले गर्ने भएको छ ।

कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन अन्यत्रै कार्खाना स्थापना गरिने भएकाे छ। साथै नकुहिने फोहोरलाई मात्रै बञ्चरेडाँडामा लगेर विर्सजन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४