काठमाडौँ । सरकार आइतवार सार्वजनिक विदा दिने निर्णयबाट पछि हटेकाे छ ।
पेट्राेलकाे खपत कम गर्न भन्दै कार्यान्वयनमा ल्याइएकाे आइतवारकाे सार्वजनिक विदा कटाैती भएकाे हाे । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको हाे ।
सरकारले वैशाख २६ गते जेठ १ बाट शनिवारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसअघि २ दिन सार्वजनिक विदा प्रभावकारी नभएकाे भन्दै सरकारकाे आलाेचना हुँदै आएकाे थियाे ।
नयाँ निर्णय असार १ देखि कार्यान्वयनमा आउने छ ।
