Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मसला, ड्राइफुड र जंकफुडमा बढाइयो भारी कर, इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूलसमेत महँगिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १६ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । सरकारले विभिन्न गरम मसलाजन्य खाद्यवस्तु, ड्राइफुड तथा जंकफुडसहित इनर्जी ड्रिंक्स लगायतका खाद्यवस्तुमा अन्तःशुल्क र भन्सार दर बढाएको छ । अब आयात हुने इनर्जी ड्रिंक्सदेखि आयात हुने फलफूल पनि महँगिने भएको छ ।

सरकारले आर्थिक विधेयक २०७९ मार्फत नरिवलमा अन्तःशुल्कदर ५ बाट १५ प्रतिशत पुर्याएको छ । बदाम, काजु र पिस्ता पनि १५ प्रतिशत पुगेको छ । सुपारी (आरिक नट)मा अन्तशुल्ल्क प्रतिकिलो २५ बाट १०० रुपैयाँ पुगेको छ ।

मरिच र दालचिनी पनि अन्तःशुल्क दर १५ प्रतिशत कामय भएको छ । ससेज र मासुमा आधारित खाद्य पदार्थमा अन्तःशुल्क १० बाट १५ भएको छ ।

चुइगममा १० बाट १५, गुलियो कोको धुलो ५ बाट १५, फ्रेन्च फ्राइमा १० बाट १५, केराउमा अन्तःशुल्क १० बाट १५ प्रतिशत पुगेको छ ।

सिमी, कुरिलो, जैतुन, गुलियो मकै, बाँसको तामा र अमिलो फलफूलको आयातमा लाग्ने अन्तःशुल्क पनि १० बाट १५कायम भएको छ ।

मम्फली बदाम, भुटेको चना, भुइँकटहर, नास्पाती लगायतका फलफूलमा पनि अन्तःशुल्कदर ५ बाट १५प्रतिशत कामय भएको छ ।

दालमोठ, नमकिन, भुजियामा पनि अन्तःशुल्क ५ बाट बढाएर १५ प्रतिशत बनाइएको छ । सुर्तिरहित पान मसलामा प्रतिकेजी ८२१बाट ८२१ रुपैयाँ र सुर्तिरहित सुगन्धित सुपारी प्रतिकेजी २८१बाट ३५० रुपैयाँ कायम भएको छ ।

इनर्जी ड्रिंक्समा प्रतिलिटर १०० रुपैयाँ भन्सार शुल्क पुर्याइएको छ भने अन्तःशुल्क लिटरमा रहेको ३६ बाट ५० रुपैयाँ बनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४