Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब चामल निर्यातमा पनि प्रतिबन्ध लगाउने भारतको तयारी, नेपाली बजार प्रभावित हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 8.7K
    SHARES

काठमाडौँ । भारतले अब चामल निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ । उत्पादन कम भएको र मूल्य बढेको भन्द गहुँ र चिनीको निर्यातमा रोक लगाइसकेको भारतले अब चामल पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

चामलको आपूर्तिमा समेत आन्तरिक बजारमा समस्या आएको तथा मूल्यवृद्धि उच्च भएको भन्दै भारतले विदेशमा निर्यात गर्न रोक लगाउने तयारी गरेको इकोनोमिक टाइम्सले जनाएको छ ।

 भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित

यसअघि भारतले गहुँको उत्पादन झण्डै ५ प्रतिशतले कमी आएको र गहुँको प्रमुख निर्यातकर्ता देश रुस र युक्रेन बीचको युद्धले गहुँको आन्तरिक आपूर्तिमा समस्या पर्ने आकलन सहित निर्यातमा रोक लगाएको थियो । यस्तै चिनीको आपूर्तिमा समेत समस्या आउने आकलनका साथ निर्यात प्रतिबन्ध गरेको थियो ।

भारतको प्रधनमन्त्री कार्यालय एक उच्च स्तरीय कमिटि बनायर उत्पादित खाद्यान्नको आपूर्ति र उपलब्धताको अध्ययन गरेर अब चामल निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । भारतमा हाल उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च भएको छ । चामलको मूल्य पनि यही रुपमा बढे निर्यात प्रतिबन्ध गर्ने भएको हो ।

गहुँ निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा के पर्ला असर ?

भारत चीनपछि विश्वकै सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । नेपाल पनि चामल आयातमा भारतमाथि पूर्ण रुपमा निर्भर रहँदै आएको छ । नेपालले चालू वर्षको १० महिनामै भारतबाट ४२ अर्ब १९ करोड रुपैयाँको १ अर्ब २ करोड ४४ लाख केजी धान, चामल, कनिका, ब्राउन राइसलगायत आयात गरेको छ ।

भारतमा चामल निर्यातमा प्रतिबन्ध गरे नेपालमा समेत चामलको आपूर्तिमा समस्या आउने र मूल्यमा चाप पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४