Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शान्तिरत्न शाक्य बनेपा नगरवासीको पहिलो रोजाईमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ११ २०७९
  • 10.9K
    SHARES

काठमाडौं / बनेपा काभ्रे जिल्लाको आशन्न स्थानिय तहको निर्वाचनमा नगर तथा गाउँपालिकाबाट नेतृत्वका लागि विभिन्न पार्टिहरुका उम्मेदवारहरु घरदैलोमा छन् । यसै क्रममा नेपाली काँग्रेसका तर्फबाट बनेपा नगरको गठबन्धनका साझा उम्मेदवार शान्तिरत्न शाक्य पहिलो रोजाईमा देखिएका छन् ।
बनेपा कांग्रेस भित्र अहिले नगर प्रमुखको दौडमा रहेका मध्ये शाक्य अनुभवी, कुशल राजनैतिक छवि, व्यावसायीक सफलताको छवीका कारण सबैमाझ रुचाइएका छन् ।
बनेपाका चिरपरिचित व्यावसायी स्व.लक्ष्मी रत्न शाक्य र माता स्व. सानु शोभा शाक्य सुपुत्र शान्ति रत्न शाक्यको शैक्षिक योग्यता आई एस सि काठमाडौं भ्याली कलेज (हाल काठमाडौं विश्वविद्यालय) र स्नातक व्यवस्थापन संकायमा काभ्रे बहुमुखी क्याम्पस बाट उतिर्ण रहेको छ ।
३० वर्ष भन्दा बढि नेपाली काँग्रेस तथा भातृ संस्थामा रहेर जिम्मेवारी पुर्वक काम गरेको अनुभव बटुलेका शाक्य पुर्व वडा अध्यक्ष हुन् । शाक्य राजनैतिक अनुभव निकै लामो रहेको छ । नेकपा एस समाजवादीबाट उपमेयर रघुबर चौ प्रधान गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार रहेका छन् । सयुंक्त गठबन्धनका तर्फ बाट विभिन्न नाराहरु घोषणा पत्र मार्फत सार्वजनिक गरिएको छ ।

जसमा 
१)हाम्रो रहर सफा सहर !
२) एक बिपन्न परिवार, एक निःशुल्क धारा !
३) एक परिवार, एक रोजगार !
४)सक्रिय युवा, विकासमा टेवा !
५) विकासमा नारी, परिवर्तन जारी !
६) लोकतन्त्र विकासको आधार, सम्मृद्ध नगर हाम्रो उपहार !
७) बनेपाको श्रीबृद्धि, विकास र सम्बृद्धि !
८) सवल सक्षम र पारदर्शी स्थानीय सरकार !
९) स्वच्छ सम्मुनत सुसँस्कृत बनेपा, हाम्रो पहिचान हाम्रो शान !
गठबन्धनका तर्फबाट प्रतिबद्धता जारी भैसकेपछि नगरवासि थप हौसिएका छन् । नगर प्रमुखको उम्मेदवारको रुपमा मैदानमा देखिएका मध्ये शाक्य शान्त प्रकृतिका छन् ।

विद्यमान चुनौतीको सामनाको पर्यायको रुपमा रहेको, आफ्नै परिवेशमा आधारित आदर्शको जन्मदाता र समृद्ध लोकतन्त्रको मानचित्र बोकेको पार्टी र सो पार्टीबाट अभिभारा बोक्न सक्षम नेतृत्वले नै विद्यमान चुनौतीहरुको सामना गर्दै बलियो लोकतन्त्र समृद्धिको आधार, उत्तरदायि, कानुनी, पारदर्शी नगर हाम्रो उपहारको साथमा “हामी गर्छाैं (ध्भ म्य)!”को प्रतिबद्धता सहित नेपाली काँग्रेस बनेपा नगर समिति उभिएको घोषणा पत्रमा उल्लेख छ ।
नेपाली काँग्रेसको कार्यकालमा भगिनीसम्बन्ध स्थापित भएको स्वशासित तिब्बतको सिगात्से नगरले एकपक्षीय रुपमा सहयोगको हात बढाइ रहँदा पनि एमाले नेतृत्वको न.पा.ले सिगात्सेसँग भगिनी सम्बन्ध सुदृढ गर्न पूर्णतया वेवास्ता गरेकोले सो सम्बन्धलाई नवीकरण गरी सुमधुर गरिनुको साथै अन्य सम्भावित विदेशका नगरहरुसँग भगिनी सम्बन्ध बनाई बनेपाको विकासमा अन्तर्राष्ट्रिय सहयोग र सद्भावना जुटाउने पहल गर्ने ।
हाम्रो रहर, सफा शहर ! को प्रतिबद्धता पुरा गर्न ‘फोहोरबाट मोहर’ बनाउने उद्देश्य अनुसार आधुनिक प्रविधिको प्रयोग तथा वातावरण मैत्री फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने ।
कर पुनरावलोकन गरी बैज्ञानिक, व्यवहारिक, जनमुखी तथा सरलीकृत कर प्रणाली लागू गर्ने ।
बनेपाको ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक पहिचान स्थलहरुको उत्खनन, अभिलेखीकरण तथा संरक्षणका लागि विशिष्ट कार्ययोजना निर्माण गरी उत्खनन् र संरक्षण गर्ने ।
स्वच्छ र सफा वातावरण निर्माण गर्न तथा सरसफाई अभिवृद्धि गर्नका लागि खानेपानी तथा स्रोत व्यवस्थापन गर्ने ।
विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरणको स्थानीय योजना निर्माण तथा कार्यान्वयन गर्दै वृहत न्एक् सर्वेक्षण पश्चात मात्र निश्चित क्षेत्रहरुमा सुरक्षित र व्यवस्थित बस्ति विकासको कार्यान्वयन गर्ने ।
साँगा भञ्ज्याङ, काँशी भञ्ज्याङ, नगरकोट, गोसाइकुण्ड, चप्लेटी, लामागाउँ, बासुकी पार्क तथा नागीडाँडा लगायतलाई विशेष पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक पूर्वाधार, ट्रेकिङ रुट तथा होमस्टेको रुपमा विकसित गर्ने ।
जिल्लाको मुख्य बजारका रुपमा नगरलाई व्यवस्थित गर्नका लागि वातावरण मैत्री उद्योगधन्दा स्थापना गर्ने तथा द्यगकष्लभकक ज्गद को धारणालाई व्यवस्थित गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने सक्षम उत्पादनका लागि लघु उद्यममा सहज वित्तीय व्यवस्थापनको सुविधा उपलब्ध गराउने ।
शिक्षित जनशक्ति विकास र परिवर्तनका आधार भन्ने मूल मान्यता भित्र प्राविधिक तथा वित्तीय साक्षरतामा जोड दिने ।
नगरपालिका तथा यस अन्तर्गतका सम्पूर्ण सामूदायिक निजी तथा सरकारी कार्यालयहरुमा सु—शासन कायम गर्नका लागि नागरिक वडापत्र, गुनासो–सुनुवाई संयन्त्र तथा सूचना अधिकारीको अनिवार्य व्यवस्था गर्ने । ज्भििय द्यबलभउब को २४ सै घण्टा निःशुल्क सेवा सुचारु गर्ने ।
नेपाली कांग्रेसले गाउँ र नगरका युवाहरुलाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न एक “युवा उद्यमी विकास कोष” को कार्यान्वयन गर्ने ।
महिला नेतृत्व विकास तथा उद्यमशीलता अभिबृद्धिका लागि महिला नै पहिला कार्यक्रम सञ्चालन गर्ने लगाएतको ४२ बुदें प्रतिबद्धताहरु घोषण पत्रमा उल्लेख छ ।

को हुन् त बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य ?
नगर प्रमुख शाक्य राजनैतिक यात्रा सहितको उनको सामाजिक र व्यावासायीक यात्रालाई हामि हेर्न सक्छौं ।
नेपाली काँग्रेस बनेपा नगर कार्यसमिति– बि स २०४६ साल बाट राजनैतिक यात्रा सुरु गरेका साक्य विभिन्न पदमा रहि काम गर्दै आईरहेका छन् । भने । उनि साबिक बनेपा नगरपालिका पुर्व वडा अध्यक्ष समेत हुन्

स्वस्थ प्रतिस्प्रधामा आफुलाई उभ्याउन चाहने शाक्यले नगर प्रमुखमा आफ्नो दावेदारी प्रस्तुत हुनुले राजनैतिक वृत्तमा सकारात्मक सन्देश प्रभाह गरेको छ भने उनको राजनैतिक झुकाव सेवाभावबाट अभिप्रेरीत रहेको देख्न सकिन्छ । सफल व्यक्तिबाट सफल नगर बन्ने आशा नगरवासिमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४