Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफूलाई पद, पैसाको लोभ र कारवाहीको डर नभएका मतदाताले मत दिए : जगन्नाथ पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ११ २०७९
  • 8.6K
    SHARES

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र डर धाक धम्कीबाट पछाडि नहट्ने मतदाताको रहेको जिकीर गर्नुभएको छ ।

बुधबार भरतपुरको लंकूमा पत्रकार सम्मेलन गर्दै उहाँले निर्वाचित नभए पनि पद, पैसाको लोभ र कारवाहीको डर नभएकाहरूले दिएको यो मत निकै शक्तिशाली भएको बताउनुभयो ।

भरतपुरको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल ५२ हजार २८ मत ल्याएर निर्वचित हुँदा पौडेलले १४ हजार ७२८ मत ल्याउँदै तेस्रो हुनुभयो । आफूलाई आएको १०/१२ हजार मत बदर भएको जानकारी दिँदै ती मत प्राविधिक रूपमा गणना नभए पनि समर्थन भएको उहाँको भनाइ छ ।

आफूलाई प्राप्त मत चितवनको राजनीतिलाई निर्णायक मोड दिन पर्याप्त भएको पनि पौडेलको भनाइ थियो । पार्टीले कारबाही गरेको भने पनि त्यो तर्साउनका लागि मात्रै भएको भन्दै नेता पौडेलले आफूहरुले कुनै कसूर नगरेको र पार्टी विधान उल्लंघन पनि नगरेको जिकीर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४