©नेत्र बहादुर कार्की।
काठमाडौं । रामेछाप लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले गाउँपालिकालाई विधि र पद्दती अनुसार सञ्चालन गर्ने बताएका छन् । गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता दिइने महतले बताएका हुन् ।
आज पदभार ग्रहण गरेपछि अध्यक्ष महतले जन प्रहारलाई भने,‘अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरुबीचकै विवादको कारण गाउँपालिकाले भनेजस्तो विकासको प्रतिफल दिन सकेन, यस पटक हामी विगतको कामको समिक्षा गरेर विधि र पद्दतीलाई आत्मसाथ गरेर अघि बढ्छौं ।
नागरिकले गाउँपालिकामा सबै दलको प्रतिनिधित्व हुने गरी जनमत दिएको बताउदै महतले सबै राजनीतिक दलहरुसँग सहयोग लिएर नै अगाडि बढने बताएका हुन् ।
गाउँपालिकामा अब विकास निर्माणको कामलाई गति दिने गरी योजना निर्माण गछौ, विगतमा भन्दा राम्रो काम गरेर जनतालाई परिवर्तनको आभाष दिलाएर छोडछौ, उनले भनेका छन् ।

