Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७४१ पालिकाकाे नतिजा सार्वजनिक, कहाँ कसले जिते ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १० २०७९
  • 5K
    SHARES

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

छमध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भएका छन् ।

काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिका लगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का टीकाराम खड्का अगाडि छन् ।

नतिजा सार्वजनिक भएकामध्ये ३२२ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले जनाएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् ।

कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।

कांग्रेस सबैभन्दा बढी दुई हजार ६३२ वडामा विजयी भएको छ । एमाले दुई हजार ११२, माओवादी एक हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४