Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सांसद् शर्माको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ९ २०७९
  • 4.7K
    SHARES

काठमाडौं । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य शर्माले मूल्यवृद्धिका कारण सरकारप्रति नकारात्मक धारणा बनेकाले मूल्य घटाउन आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचन धेरै महंगो भएको भन्दै महंगो निर्वाचन प्रणालीलाई सच्याउनुपर्नेमा उहाँको जोड छ । उहाँले स्थानीय तहमा स्वतन्त्र प्रणाली विकास गर्ने तथा संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली गर्नुपर्ने बताउनुभयो ।

यस्तै, उहाँले मंकीपक्स संक्रमण विश्वका विभिन्न देशमा फैलिइसकेकाले नेपालमा यो संक्रमण भित्रिन नदिन सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य शर्माले बलात्कार अपराधीलाई कानूनी दायरामा ल्याउन कानून संशोधन गर्नुपर्ने बताउनुभयो । पीडितको न्यायका लागि सरकारले विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४