© नेत्र बहादुर कार्की । काठमाडौँ– रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । अहिलेसम्मको मत परिणाममा कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) ले ६ सय ३८ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार खड्ग बहादुर सुनुवारले हालसम्म ५ सय ९ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता छ । कांगेस उपाध्यक्ष उम्मेदवार उषादेवी कार्कीले ६ सय ८२ मत प्राप्त गरेकी छिन् भने एमाले तर्फबाट राधिका श्रेष्ठ (नेवार)ले ४ सय ६६ मत प्राप्त गरेर दोस्रो स्थानमा छिन् ।
गाेकुलगंगा गाऊँपालिका चुचुरे वडा नं. १ काे
नयाँ UPDATE:
अध्यक्ष रूख-६३८ सुर्य-५०९
उपाध्यक्ष रूख-६८२ सुर्य-४६६
वडा अध्यक्ष रूख-६०० सुर्य-५०२
महिला सदस्य रूख-६०० सुर्य-५२०
दलित महिला सदस्य रूख-६०३ सर्य-४७४
वडा सदस्य(खुल्ला) सिङ्गल रूख-५८२सुर्य-४७०
वडा सदस्य(खुल्ला) डबल रूख-६००सुर्य-४७६
अब करिब ३०० मत गणना हुन बाकी छ्न ।