Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवारमाथि आक्रमण गरेको भन्दै राप्रपाद्वारा निन्दा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 5K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषाको सबेल नगरपालिकामा आफ्नो पार्टीका वडा सदस्यका उम्मेदवार माथि एमाले कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै निन्दा गरेको छ ।

राप्रपाले सबेला नगरपालिका वडा नं– ४ का राप्रपाका वडा सदस्यका उम्मेदवार समशुल राइन मियामाथि नेकपा एमालेका कार्यकर्ताद्वारा सांघातिक हमला गरेको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आज (साेमबार) प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उम्मेदवारी फिर्ता लिन दबाव दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि मिया र उनको ७ जना परिवारका सदस्यमाथि सांघातिक हमला भएको उल्लेख गर्नुभएको छ।

राप्रपाले सो घटना घृणित, लज्जास्पद र दुःखदायी भएको भन्दै घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको छ ।

यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं–१ मा राप्रपाका वडा अध्यक्ष पदका उम्मेदवार लिलिबिर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातरे फालिदिने र उम्मेदवारलाई लछारपछार गरिएको घटनाप्रति पनि राप्रपाले भत्सर्ना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४