Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक भोटको गुण बाँचुनजेल तिर्छु : दिनेश खड्का


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २४ २०७९
  • 13.9K
    SHARES

©जन प्रहार

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) ले एक भोटको गुण आफू बाँचुनजेलसम्म तिर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । शनिवार काठमाडौंमा नेपाली कांग्रेस गोकुलगंगा–काठमाडौं सम्पर्क समितिद्धारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार खड्काले आफूलाई एक भोट दिएर जिताए पालिकालाई जिल्लाकै नमुना पालिका बनाउने र गाउँपालिकाबासी मतदाताको गुण बाँचुनजेलसम्म तिर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्याशी खड्काले आफू युवा भएकाले सम्पूर्ण पालिकाबासी युवालाई आफूलाई मतदान गर्न अपिल गर्दै आफूलाई भोट दिने कम्यूनिष्ट कार्यकतालाई पनि कहिल्यै पछुताउन नदिने बताएका हुन् । आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै अध्यक्षका उम्मेदवार खड्काले भने ‘मलाई पेटको बालकदेखि बृद्धसम्मको चिन्ता छ । गाउँको विकास, रोजगारी र शिक्षा, स्वास्थ्य सबैमा गोकुलगंगा गाउँपालिकालाई जिल्लाकै अब्बल गाउँपालिका बनाउँनु छ । त्यसैले पाँच बर्षमा साच्चै गर्भ गर्न लायक गाउँपालिका बनाउन रुखमा मतदान गरेर मलाई भारी मतले जिताउनु होस् ।

अध्यक्षका उम्मेदवार खड्काले आफ्नो राजनीति पाँच वर्षका लागि मात्र नभएर २० औँ वर्षका लागि भएकाले गाउँपालिकाको नेतृत्व गर्दै केन्द्रसंग समन्वय गरेर गाउँपालिकाको मुहार फेर्ने र सांसद बनेर गाउँको विकास गर्ने आफ्नो सोच रहेको बताए । उनले एमालेका तर्फबाट अध्यक्ष बनेका खड्ग बहादुर सुनुवार प्रति कटाक्ष गर्दै पाँच वर्षमा केही गर्न नसक्ने निवर्तमान अध्यक्ष सुनुवारलाई मत दिएर फेरी जिताउनु कुनै औचित्य नभएको बताएका छन् ।

पाँच वर्षमा केही गर्न नसक्नेले फेरी केही गर्ला भनेर भ्रममा मत दिए गाउँपालिका अर्को पाँच वर्ष पछि पर्ने उनको भनाई थियो । उनले गाउँपालिकामा आएको विकास योजनाको रकम अनुदानको नाममा निर्वतमान अध्यक्ष सुनुवारले सिमित एमाले कार्यकतालाई मात्र बाँडेर दुरुपयोग गरेको आरोप लगाएका छन् । सामान्य उपभोक्त समितिमा पनि आफू वरिपरीका कार्यकर्ता मात्र खोज्ने संकीर्ण सोच भएका खड्ग सुनुवारसंग विकासको कुनै योजना र दृष्टिकोण नभएको टिप्पणी गर्दै अध्यक्षका उम्मेदवार खड्काले आफूलाई मतदान गरेर समृद्ध गाउँपालिका बनाउन सबै जुट्नु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेका बागमती प्रदेशका सभापति इन्द्र बानियाले अध्यक्षका उम्मेदवार खड्कालाई जितको शुभकामना दिदै निर्वाचन जितेर आएपछि गोकुलगंगाको विकासका लागि केन्द्रबाट आवाश्यक बजेट पठाउन आफूले सक्दो मद्धत गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार खड्का तरुणदल रामेछाप सभापति हुन् भने केन्द्रीय तहका नेतासंग राम्रो पहुच भएका उनी जिल्ला र स्थानीय तहमा लोकपृय युवा नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४