Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्र पौडेलले भेटे भरतपुरका बागीसँग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 6.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्नु भएको छ ।

सत्तागठबन्धनले गर्ने चुनावी सभाका लागि चितवन पुग्नु भएका पौडेलले बिहीबार भरतपुरको होटल सिराँगचुलीमा जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटेर कुराकानी गर्नु भएको हो ।

भेटमा रामचन्द्रले जगन्नाथलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नु भएको थियो । जवाफमा जगन्नाथले कांग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता नहुने अडान कायमै राख्नु भयो ।

जगन्नाथको उम्मेदवारी फिर्ताका लागि यसअघि पनि गठबन्धनका नेताहरुले प्रयास गरेका थिए । तर, जगन्नाथले पार्टीका नेताहरुको आग्रह र पार्टीको निर्देशन अस्वीकार गर्नु भएको थियो ।

भरतपुरमा सत्तागठबन्धनबाट माओवादीकी नेता रेनु दाहाल मेयर र कांग्रेस नेता चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन् । जगन्नाथ स्वतन्त्र ढंगले उम्मदेवारी दर्ता गरेर चुनाव चिन्ह भुइँकटहर लिएर प्रचारमा जुट्नु भएको छ ।

उम्मेदवार जगन्नाथले चुनावी सभालाई सम्बोधन गर्न बुधबार नै भरतपुर पुग्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवासँग भने भेट गर्नुभएन । सभापति देउवा र नेता पौडेल एउटै होटलमा बसेको भए पनि जगन्नाथले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने पार्टी सभापति देउवालाई भेट नगर्नुभएको हो ।

जगन्नाथलाई मेयरको उम्मेदवारमा समर्थन गरेका खरेल र प्रस्तावक सापकोटासहित तीनै जनालाई कांग्रेसले निष्काशित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४