Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने नवनियुक्त प्रहरी आईजीपी सिंहकाे प्रतिवद्धता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 6.6K
    SHARES

काडमाडौं । भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिवद्धता नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले गर्नुभएकाे छ।

गृह मन्त्रालयमा आज (साेमबार) गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । दर्ज्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरूलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरूमा जवाफदेहीता बढाउने बताउनुभएकाे छ।

साथै अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको बताउनुभयो ।उहाँले अपाराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरूलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धतासमेत गर्नुभएकाे छ ।

महानिरीक्षक सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४