Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेससँग देश बनाउने नीति नै छैन, एमालेलाई धारे हात लगाउने मात्र हो : ओली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 7.7K
    SHARES

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन् ।

हेटौंडामा पार्टीले आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजना गरेको  सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण गर्ने दाबी गरे ।

उनले एमालेमा देखिएको जनउत्साहका कारण सत्तागठबन्धन आतंकित बनेको टिप्पणी समेत गरे । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र लेखिकाएले सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउने जिकिर गरे ।

ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’

अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनबीचको मात्र लडाइँ भएको भन्दै उनले यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि रहेको बताए ।

‘अब देशमा कहिल्यै नाकाबन्दी हुँदैन । हामी सरकारमा भएको बेला चीनतर्फको बाटो खोलिसकेका छौं । जसका कारण अब हामी चौतर्फी घेराबन्दीबाट मुक्त भएका छौं’ उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको आरोप पनि लगाए । अध्यक्ष ओलीले स्वास्थ्य सामग्री कुनै अस्पताललाई चाहिएर नभई कमिसनका लागि खरिद गर्न लागेको बताए । ओलीले वर्तमान सरकार देश विकास गर्न नभई  देशलाई कंगाल पार्न बनेको आरोप लगाए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४