Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्रोही उम्मेदवार आधिकारिक उम्मेदवारको पक्षमा आउँछन् : काँग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 8.7K
    SHARES

काठमाडाैँ । नेपाली काँग्रेसले स्थानीय तहमा उठेका विद्रोही उम्मेदवारहरू गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त गरेको छ ।

काँग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केही स्थानमा बाहेक अन्य स्थानमा गठबन्धन सफल भएको भन्दै विद्रोही उम्मेदवारहरू गठबन्धनको पक्षमा नै आउने जनाएको हो ।

पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत्तले तालमेल गर्ने ठाउँमा पार्टीको निर्णय स्वीकार गरेर जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी मनोनयन दर्ता भएको बताए । कतिपय ठाउँमा समझदारी र पार्टीको निर्देशन विपरीत उम्मेदवारी नदिन अनुरोध गरिएको उनले बताए ।

प्रवक्ता महतले देशभरका स्थानीय तहमा काँग्रेसका तर्फबाट ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको जानकारी दिए । उनले काँग्रेस आचार सहितभित्र बसेको तर एमालेले आचारसंहिता विपरीत काम गर्दा निर्वाचन आयोग मौन बसेको भन्दै आयोगको ध्यानाकर्षण गराउने बताए ।

उनले मुलुकको समृद्धि र विधिको शासन अनुसार सबै दल चल्नुपर्ने बताए । प्रवक्ता महत्तले प्रचार अभियानलाई तीव्र बनाइएको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४