Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १६ २०७९
  • 7.4K
    SHARES

काठमाडौँ । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भ गर्दै विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनका लागि सरकारले आचारसंहिता ल्याउने तयारी गरिरहेको जानकारी दिए।

उनले भने, “अप्रमाणित, भ्रामक, पर्याप्त जानकारीबिना विज्ञापन बनाइएको हुन्छ, त्यसलाई व्यवस्थित गर्नका लागि सरोकारवालाको सुझावका आधारमा विज्ञापन आचारसंहिता ल्याउन लागिएको हो, यसले विज्ञापन क्षेत्रलाई व्यवस्थित गरेको छ।” उनले विज्ञापन बोर्डको नीति र विनियमावलीलाई समयअनुसार संशोधन गरी बोर्डलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउने बताए।

विज्ञापन आचारसंहिता मस्यौदाको विज्ञापनसम्बन्धी व्यवसाय गर्ने व्यक्तिको आचारसंहिता सम्बन्धमा ‘कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याल, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने तथा आधिकारिकता पुष्टि हुनेगरी मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ’ भनिएको छ।

नेपाल विज्ञापन सङ्घ (आन) का वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठले विज्ञापन वितरण सम्बन्धमा स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले दुई दिनसम्म सञ्चालन हुने तालिममा बोर्डले अहिलेसम्म गरेका कार्य, विज्ञापनको अवधारणा र अहिलेको प्रवृत्ति, विज्ञापनको इतिहास र चुनौती, मडिया र विज्ञापन, विज्ञापन आचारसंहिता, विज्ञापन उद्योग र महत्त्वलगायतका विषयमा प्रशिक्षण हुने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४