Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, ६ बजे अन्तिम नामावली प्रकाशन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १६ २०७९
  • 7.7K
    SHARES

काठमाडौँ । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । आयोगको निर्वाचन कार्यतालिकाअनुसार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ ।

आजै बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय छ । भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रमुखमा ३,५१८, उपप्रमुखमा २,१७४ जनाको मनोनयन दर्ता भएको छ ।

अध्यक्षमा ३,३९२, उपाध्यक्षमा २,४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ । आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४