Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेमिका भेट्न गएको छोरो रुसी जेलबाट छुटेपछि अमरेकी दम्पति हर्षित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १६ २०७९
  • 6.2K
    SHARES

वासिङ्टन । रुसी प्रेमिका भेट्न र रुसी भाषा पढ्न उनी सन् २०१९ मा मस्को पुगे । उनी–ट्रेभर रिड, वर्ष ३०, टेक्सस, अमेरिका ।

एक रात रक्सीले मात्तिएको अवस्थामा ट्रेभर रुसी प्रहरीको फन्दामा परे । उनलाई प्रहरीले चौकीतर्फ लैजाँदै थिए । उनले नशाको तालमा प्रहरीमाथि हातपात गरेको अभियोग लाग्यो । सोही अभियोगमा उनलाई सन् २०२० मा नौ वर्ष लामो जेल सजाय सुनाइयो ।

यता, पढ्न र प्रेमिका भेट्न रुस गएको छोरो जेल परेपछि टेक्ससकाे डल्लासमा रहेका उनका मातापिता बेचैन बने । छोरोको रिहाइका लागि हारगुहार गर्न थाले । राष्ट्रपतिसँग भेट्न ह्वाइट हाउस बाहिर प्रदर्शन गर्नु पर्याे । अन्ततः राष्ट्रपति जो बाइडेनसँग भेट भेट भयो ।

राष्ट्रपतिको पहलपछि ट्रेभर रिहा भएका छन् । उनी बन्दी साटासाट कार्यक्रम अन्तरगत रिहा भएका हुन् । उनको बदलामा अमेरिकाले लागुऔषध कारोबारको अभियोग लागेका रुसी नागरिक कोन्सतान्तिन योरोसेनकोलाई रिहा गरेको छ ।

राष्ट्रपति बाइडेनले रिड दम्पतीलाई फोन गरेर ट्रेभर रिहा भएको खबर सुनाए । छोरा जेलमुक्त भएको खबर सुनेर उनीहरू हर्षित भएका छन् ।“उनी जन्मेको दिनमा जस्तै खुशी लागेको छ,” ट्रेभरकी आमा जोयीले खुशी व्यक्ति गरिन् ।

छोरा जेलमुक्त भएपछि रिड दम्पती राष्ट्रपति बाइडेनप्रति कृतज्ञ छन् । उनीहरूले आफ्नो छोराको जीवन बचाएकोमा राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएका छन् ।

बाइडेनले पनि ट्रेभरको मातापितालाई उनी घर फर्कँदैछन् भनी खबर सुनाउन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् ।

राष्ट्रपति बाइडेनले ट्रेभरलाई घर फर्काउन त्यति सजिलो नभएको पनि बताए । “ट्रेभरलाई घर फर्काउनका लागि भएकाे वार्तामा निर्णय गर्न हामीलाई निकै कठिन भएको थियो,” उनको रिहाइबारे बाइडेनले भनेका छन्, “त्यसलाई म हल्का ढंगले लिदिँन ।”

ट्रेभर रिड अहिले अमेरिका फर्कने क्रममा बाटैमा छन् । अमेरिका पुग्नसाथ उनलाई थुप्रै दिन स्वास्थ्य उपचारको लागि अस्पताल राखिने कार्यक्रम छ ।

उनका आमाबुबा जोयी र पाउला रिडले आफ्नो छोरालाई कारागारमा दुर्व्यवहार गरिएका कारण उनलाई क्षय रोग संक्रमण भएको जस्तो देखिएको बताएका छन् ।

बीबीसीबाट । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४