Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी घोषणापत्रमा ओलीले गरेको टिप्पणीको कांग्रेसले जवाफ दिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १४ २०७९
  • 6.1K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे कांग्रेसले जवाफ दिने भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा आयोजित निर्वाचन अभियान सम्बन्धी कार्यक्रममार्फत् जवाफ दिन लागेका हुन् ।

अनुपम फुडल्याण्डमा ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयमा कार्यक्रम आयोजना गरिएको छ । यही कार्यक्रममार्फत् थापाले ओलीको अभिव्यक्तिको जवाफ दिने नेपाली कांग्रेसले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।

मंगलबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४