Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धरानकाे मेयरमा २२ जनाको उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 6.6K
    SHARES

धरान । धरान उपमहानगर पालिकाको मेयरमा २२ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४ सय ७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मेयरमा उम्मेदवारी दिनेहरूमा रेणुका विक मौलिक जरोकिलो पार्टी, दिर्पाकुमारी राई मङ्गोल नेशनल अर्गनाइजेसन, हर्कराज राई स्वतन्त्र, राजेशकुमार राई राष्ट्रिय जनमुक्ति पार्टी, अम्बरबहादुर लिम्बु सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका छन् ।

सुस्मिता कार्की सचेत नेपाली पार्टी, उमेश राई खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, लोकेन्द्रबहादुर डङ्गोल आमूल परिवर्तन मसिहा पार्टी नेपाल, सुवर्णशमसेर राई स्वतन्त्र, पासाङ शेर्पा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मञ्जु भण्डारी सुवेदी नेपाल कम्युनिस्ट पार्टी (एमाले), सूर्यबहादुर न्यौपाने स्वतन्त्र, राजकुमार राई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, रत्नबहादुर कटुवाल स्वतन्त्र, नरेशकुमार शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी, ताजुब कुमार लिम्बु जनता समाजवादी पार्टी नेपाल छन् ।

रेवती रमण राई नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, टोलकुमारी लुइँटेल स्वतन्त्र, किशोर राई नेपाली काँग्रेस, सञ्जीव भट्टराई स्वतन्त्र, सञ्जय पाण्डे स्वतन्त्र र श्यामकुमार भुजेल स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् ।

उपमेयरमा आइन्द्रविक्रम बेघा नेकपा माओवादी केन्द्र, अमृता सुनार नेकपा एकीकृत समाजवादी, दत्तकुमार लिम्बु स्वतन्त्र, पदम प्रसाद लिम्बू नेकपा एमाले, पूर्णमाया राई राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रेमप्रसाद तिम्सिना स्वतन्त्र, विना कुमारी राई जनता समाजवादी पार्टी, श्यामकुमार तामाङ राष्ट्रिय जनमुक्ति पार्टी, सरस्वती सुब्बा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, हर्कराज राई किरात खम्बुवान् साझा पार्टी, हेमकुमार दाहाल मौलिक जरोकिलो पार्टीबाट गरी जम्मा ११ जनाले उम्मेदवारी दिएका छन् ।

धरान उपमहानगरपालिकामा १ सय २४ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जन प्रहारलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४