Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले टुंगो लगायो रामेछापको आठ वटा स्थनीय तहका उम्मेदवारहरु को–कहाँ (नामसहित )


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ११ २०७९
  • 7K
    SHARES

काठमाडौँ । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीबाट तर्फबाट आठ वटै स्थानीय तहको प्रमुख – उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।

एमालेले सर्वसम्मत रुपमा उम्मेदवारी टुंगो लगाएको हो । मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठ र ईश्वरी वस्नेत, रामेछाप नगरपालिकाको नगर प्रमुखमा रोशन पाख्रिन र सीता खत्री, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन र उपाध्यक्षमा रिता गौतम, दोरम्बा गाउँपालिकाको अध्यक्षमा टंक चौलागाई, खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाएको छ ।

स्रोतका अनुसार दोरम्बा गाउँपालिकाको उपाध्यक्षको भने अझै टुंगो  लागिसकेको छैन् ।

एमाले रामेछापका एक पदाधिकारीले जन प्रहारलाई दिएको जानकारी अनुसार लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा कमल कडरिया र उपाध्यक्षमा दीपा पाख्रिन, गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्ग बहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठ, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा शेरबहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्कीलाई उम्मेदवार बनाइएको छ ।

गोकुलगंगा गाउँपालिकामा खड्ग बहादुर सुनुवार र राधिका श्रेष्ठलाई पुनः दोहोर्याएर टिकट दिइएको छ भने उमाकुण्ड गाउँपालिकामा शेर बहादुर सुनुवार पनि अध्यक्षमा पुनः दोहोरिएका छन् । गत निर्वाचनमा रामेछाप नगरपालिकाबाट टिकट पाएको रोशन पाख्रिन पनि यस पटक दोहारिएका छन् । अन्य स्थानीय तहमा भने एमालेले नयाँ अनुहारलाई टिकट दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४