Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ९ २०७९
  • 9.3K
    SHARES

काठमाडाैँ । आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन आज ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकाको केन्द्रमा कार्यालय स्थापना भएको आयोगले जनाएको छ ।

कार्यालयले यही वैशाख १० गतेसम्म व्यवस्थापकीय कार्य गर्नेछन् । “निर्वाचन कार्यालयले आफूलाई चाहिने कर्मचारी नियुक्त गर्ने, भौतिक सामग्रीको जोहो गर्नेछन्”, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । ११ र १२ गते उम्मेद्वारको मनोनयनको कार्यक्रम राखिएको छ ।

आजैदेखि जिल्लामा निर्वाचन सामग्री पठाउन थालिएको आयोगले जनाएको छ । आज मुगु, बजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचन सामग्री पठाइएको छ । अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामग्री पठाइने प्रवक्ता पौडेलले जानकारी दिए ।

निर्वाचन सामग्रीको ढुवानीका लागि ढुवानी व्यवसायीसँग प्रतिस्पर्धात्मकरुपमा छट्टाछुट्टै प्रदेशमा बेग्लाबेग्लै ढुवानी व्यवसायीको छनोट गरिएको उहाँको भनाइ छ । मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने र अन्य सामग्रीको नेपाल प्रहरीले सुरक्षा गर्नेछ । निर्वाचनमा आयोगका कर्मचारीसमेत सहभागी हुने र ढुवानी सवारीको जिपिएस ट्र्याकिङ गर्ने व्यवस्था मिलाइएको छ ।

आयोगले आसन्न स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका १० हजार बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र पर्यवेक्षण गर्ने संस्थाले आयोगलाई आफ्नो प्रतिवेदन दिनुपर्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

५३ जिल्लाको १ करोड १९ लाख मतपत्र छपाइ गरिएको छ । आयोगले करिब दुई करोड मतपत्र छपाइ गर्ने तयारी गरेको छ । स्थानीय निर्वाचनमा करिब एक करोड ७७ लाख मतदाताको अन्तिम नामावली प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४