Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बृहस्पतिको उपग्रह ‘युरोपा’मा प्राणी हुनसक्ने संभावना उच्च


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ८ २०७९
  • 7.8K
    SHARES

काठमाडौँ । बृहस्पतिको उपग्रह युरोपामा ‘जीवन’ हुन सक्ने उच्च सम्भावना भएको एक अध्ययनले देखाएको छ ।
युरोपामा बरफको तह मुनि ठुलो महासागर रहेको र पानी हुने ठाउँमा प्राणीको अस्तित्व हुने सम्भावना हुने अनुसन्धानकर्ताहरूले बताएका छन् । पृथ्वीको एक चौथाइ व्यास रहेको युरोपामा पानीको मात्रा भने पृथ्वीको भन्दा दोब्बर छ ।

यद्यपि, बरफको तह १० देखि १५ माइल बाक्लो रहेकोले युरोपामा प्राणी भेट्टाउने कल्पना गर्नु निकै चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।
अहिलेसम्म मानिसले पृथ्वीमै पनि ७ दशमलव ६७ माइल सम्म मात्र खन्न सकेका छन् ।

मंगलवार ‘नेचर कम्युनिकेसन’ मा प्रकाशित नयाँ अध्ययनले पहिले सोचिए भन्दा बरफको तह निकै छिद्रदार हुन सक्ने जनाएको छ । बरफमा पनि पानी भरिएको हुने देखिएकाले त्यसले प्राणीको अस्तित्व हुन सक्ने सम्भावनालाई बल दिने बताइएको छ । त्यसैले स्थिति अहिले सोचे अनुरूप विषम नहुन पनि सक्ने बताइएकाे छ ।
अमेरिकाको नासाले सन् २०२४ को अक्टोबरमा ‘युरोपा क्लिपर’ नामक घुम्ने अन्वेषक यान प्रक्षेपण गर्ने योजना बनाएको छ । सो यान सन् २०३० को अप्रिलमा युरोपा पुगिसक्ने अनुमान गरिएको छ । यसमा जडित बरफभित्र छिर्न सक्ने रडारले युरोपाको बरफयुक्त तहबारे धेरै रहस्य खोल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४