Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक जेल चलान, प्रहरी हत्यामा संलग्न १६ जनाकाे मुद्दा अदालतमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ७ २०७९
  • 9K
    SHARES

विराटनगर । एकजना महिला प्रहरीको ज्यान जाने गरी भएको लेटाङ घटनाको मुख्य आरोपित भनिएका मनोज पौडेल पुर्पक्षको लागि जेल चलान भएका छन् । सोमबार जिल्ला न्यायाधीश दुर्गा खड्काको इजलासलले पौडेललाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो । लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको शिक्षा विकास माध्यामिक विद्यालयमा गत चैत ६ गते आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

फागु पर्बको दिन होली खेल्दै आफ्नै विद्यार्थीको घरमा पुगेका शिक्षक पौडेलले कक्षा ७मा पढ्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । पौडेललाई जबरजस्तीकरणी उद्योगमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको थियो । जबरजस्ती करणी मुद्दामा अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

विद्यालयमा शिक्षकलाई पक्राउ गर्नु पर्ने माग गर्दै आन्दोलनरत विद्यार्थीको समुहले विद्यालयमा आगजनी तथा तोडफोड गरेका थिए । घटनामा नागरिकको सुरक्षामा खटिएकी रानी गणमा कार्यरत प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको स्थानीयको आक्रमणमा ज्यान गएको थियो । प्रहरी जवान श्रेष्ठको गोली लागेर ज्यान गएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।

महिला प्रहरीको ज्यान जाने गरि भएको घटनामा संलग्न रहेको आरोपमा कर्तव्य ज्यान सम्बन्धि कसुरमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको १५ जनामाथिको थुनछेक बहस अहिले चलिरहेको छ । यसको आदेश पनि आजै आउन सक्ने अदालतले जनाएको छ ।

कर्तव्य ज्यान सम्बन्धि मुद्दामा १५ जनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको भएपनि १० जना मात्र पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका २ का २१ वर्षीय कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका ५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेष मगर, २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय कुमारबहादुर खोक्रेल, १८ वर्षीय कपिल नेपाली, २० वर्षीय समिर राई, २५ वर्षीय मनकुमार महरा, १९ वर्षीय अनिल विश्वकर्मा र २९ वर्षीय लेखबहादुर मगर छन् ।

अन्य ५ जना फरार रहेको उल्लेख गरिएको छ । कर्तव्य ज्यान सम्बन्धि कसुरमा एकजना नाबालकलाई पनि मुद्दा चलाइएको थियो । नाबालकमाथिको मुद्दाको सुनुवाई गर्दै अदालतले मुद्दाको गाम्भीर्यतालाई ध्यानमा राखेर नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिइसकेको छ ।

लेटाङ घटनामा संलग्न रहेको आरोपमा १५ जना नाबालकलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ । त्यस्तै, अन्य ३७ जनालाई पनि प्रहरीले अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४