नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा बसिरहेका बेला उनीमाथि आक्रमण भएको हो । स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् ।
रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा आफूमाथि हातपात भएको ढुंगेलले बताएका छन् । नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी हुन् ।
