Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीमा एक बालककाे मृत्युकाे विषयलाई लिएर वीपी राजमार्ग अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ४ २०७९
  • 6.7K
    SHARES

काठमाडौं । सिन्धुलीको कमलामाई–४ ढुंगेवासमा एक बालकको डुबेर मृत्यु भएको विषयलाई लिएर स्थानीय बासिन्दाले वीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्ड बन्द गराएका छन् ।

दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै आज (आइतबार) बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयको अवरोधका कारण सयौं सवारी साधन कमलामाई क्षेत्रमा रोकिएका छन् । पीडित पक्षसँग छलफल गरी राजमार्ग खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय ग्वाङखोलदामा पक्की पुल निर्माणका लागि खनेर छाडिएको खाल्डोको पानीमा डुबेर फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय श्रृयास भुजेलको हिजो (शनिबार) मृत्यु भएको थियो । स्थानीयले खाल्डो खनेर छाड्ने निर्माण कम्पनीका सञ्चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गरेका छन् ।

माग पूरा नभएसम्म शव पनि नबुझ्ने र सडक पनि नखोल्ने अडानमा उनीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४