
रामेछाप जिल्लाको प्रथम कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको बिषयमा सहआयोजक संस्थाका अध्यक्ष सोनु रोकासँग मेलाको बिषयमा गरिएको कुराकानीको सम्पादीत अंशः
प्रश्नः मन्थली नगरपालिकाको आयोजना र तपाईको संस्थाको सहआयोजनामा मन्थलीमा प्रथम रामेछाप कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला चलिरहेको छ । कस्तो हुदैछ मेला ?
हामीले जिल्लामा नै प्रथम पटक आयोजना गरेको १२ दिने व्यापार मेलाको आज आठौं दिन चलिरहेको छ । निश्चय पनि हाम्रो यो जिल्लाकै पहिलो अभ्यास हो । हामीलाई सुरुमा मेला सञ्चालनको लागि अनुभव नभएको कारण केहि प्राविधिक समस्याहरु सिर्जना भएकै हुन् । त्यसको बावजुद पनि हामीले रामेछापको मेला सञ्चालन भएको ८ औं दिन बितिसक्दा पनि सभ्य र भव्यताका साथ सम्पन्न गरिरहेका छौं । हामीलाई मेला सञ्चालनको लागि आवश्यक ज्ञान र अनुभव पनि थिएन । यद्यपि हामीले आयोजना गरेको रामेछापको यस मेलालाई कमीकमजोरी सुधारेर भव्यताका साथ सु–सम्पन्न गर्न लागिरहेकै छौं ।
हाल मन्थलीमा चलिरहेको ब्यापार मेलाको माहौल समग्रमा कस्तो बन्दै गइरहेको छ ?
मेलाको माहौल दिनप्रतिदिन हामीले सोचेभन्दा राम्रो बन्दै गइरहेको छ । महोत्सवमा हामीले स्थानीय प्रतिभालाई दर्शकमाझ ल्याउन सकेका छौं । त्यस्तै महोत्सबका लागि हामीले राष्ट्रिय स्तरका कलाकारहरुलाई झिकाउन सकेका छौं । रामेछापमा एकपटक पनि आइनपुगेका कलाकारहरुलाई महोत्सवले स्थान दिएको छ । रामेछापले राष्ट्रिय स्तरका कलाकारहरुलाई सम्मान गर्न पाएको छ । कलाकार लगायत रामेछाप महोत्सवको माहौलले दिन प्रतिदिन दर्शकहरुलाई आकर्षित गर्दै गइरहेको छ ।
यहाँहरुले जुन उद्देश्यका साथ रामेछापमा प्रथम पटक महोत्सबको आयोजना गर्नुभएको छ, के महोत्सवले यहाँहरुको उद्देश्य पूरा गरेको छ ?
हाम्रो पनि पहिलो प्रयास भएको कारण महोत्सवले जुन उद्देश्य राखेको थियो, सतप्रतिशत हाम्रो उद्देश्य पूरा भएको छैन । हामीले यस महोत्सवमा “कृषि, पर्यटन प्रर्बद्धन हाम्रो शान; कला संकृतिको जगेर्ना रामेछापको पहिचान” भन्ने मूल नाराका साथ सञ्चालन गरिरहेका छौं । सोचे अनुरुप मेलाको व्यवस्थापन गर्न नसकिए पनि प्रथम पटकको अभ्यास भएका कारण हामीले यसलाई सन्तोषजनक रुपमा लिएका छौं । तर आगामी बर्षहरुमा सञ्चालन गरिने मेलामा हामी यस मेलाबाट पाठ सिकेर सबै क्षेत्रलाई समेटेर सञ्चालन गर्नेछौं ।
मन्थलीमा सञ्चालित मेलाको मुख्य आकर्षण के हो ? मेलामा आउने दर्शकले के हेर्न र मनोरञ्जन लिन सक्छन् ?
यो मेलाका थुप्रै आकर्षणहरु छन् । यस मेलामा मरुभूमिमा मात्र पाईने ऊँटको चामत्कारिक नृत्य, बाल मनोरञ्जनका सामाग्रीहरु छन् । रोटे पिंङ्ग, मौतका कुवा (काठको भित्तामा मोटरसाईकल कुदाउने) जस्ता साहसिक खेल पनि अवलोकन गर्न सकिने छ । जादू खेलको अलवा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि यस मेलाको मुख्य आकर्षण रुपमा रहेका छन् । यसमा पनि हामीले स्थानीय स्तरका कलाकारहरुको कलालाई उच्च प्राथमिकताको साथ स्थान दिएका छौं ।
मेलाको स्टलमा यहाँहरुले स्थानीय उत्पादनहरु राख्नु भएको छ ?
स्थानीय उत्पादनलाई स्टलमा राख्नका लागि हामीले आवश्यक प्रचार प्रसार गरेका छौं । स्थानीय कृषि उत्पादनको लागि प्रतिकूल सिजन भएका कारण हामीले सोचे अनुरुप कृषि उपजहरु स्टलमा राख्न सकेनौं । हामीले किवि तथा जुनार उत्पादन गर्ने कृषकहरुलाई पनि मेलामा उपस्थित हुनको लागि आह्वान गरेका थियौं । तर किविको लागि उपयुक्त सिजन नभएको कारण हामीले स्टलमा राख्न सकेनौं । तर जुनार जसले रामेछापको चिनारी बोकेको छ, हामीले स्टलमा राख्ने व्यवस्था मिलाएका छौं । तर स्टलमा जति कृषकको उत्पादन हुनुपर्ने हो, त्यो मात्रामा हामीले राख्न सकेका छैनौं ।
त्यसो हो भने, जुन उद्देश्यका साथ मेलाको आयोजना गर्नुभएको हो, त्यसै अनुरुप मेला चलिरहेको छ ?
उद्देश्य अनुसार नै मेला चलिरहेको छ । तर हामीले जति दर्शकको अपेक्षा राखेका थियांै । अनुमान गरे अनुरुप दर्शक पाउन सकिरहेका छैनौं । छोटो समयमा हामीले मेला आयोजना गर्ने निर्णय लिएका थियौं । अहिले बल्ल गाउँगाउँमा सुचना पुग्दै छ । मेला अझै पनि ५ दिन चल्ने छ । सोचे अनुरुप दर्शक सहभागि नभए पनि मेलामा दर्शक उपस्थित हुने अपेक्षा लिएका छौं । गाउँगाउँबाट मेलाका लागि दर्शकहरु आउनु पर्ने भएकाले पनि हामीले सोचे अनुरुप नआउनु भएको हो कि? भन्ने लागिरहेको छ ।
मेला अझै पनि पाँचदिन बाँकी छ, मेला बाँकी हुँदा रामेछाप तथा छिमेकी जिल्लाबासीलाई के भन्न चाहनुहुन्छ ?
जिल्लाबासी तथा छिमेकी जिल्लाबासी सबैलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु । अहिले रामेछाप जिल्लामा आयोजना गरिएको प्रथम कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा सहभागी बन्नको लागि अपिल गर्न चाहन्छु ।
हामीले रामेछापमा पहिलो सुरुवात गरेका छौं मेलामा सहभागि बनिदिनुस भन्न चाहन्छु । रामेछाप लगायत छिमेकी जिल्ला सिन्धुली र दोलखा जिल्लाबासीलाई पनि मेलामा सहभागी भएर रामेछापको शान बढाइदिनुहोला भन्न चाहन्छु । त्यस्तै रामेछाप जिल्लाको उत्तरी भेकका आम सर्वसाधारणलाई पनि रामेछापको मेलामा सहभागी बनिदिनुहोला भनेर अपिल गर्न चाहन्छु । जानकारीको लागि हामीले सिन्धुली, दोलखा र रामेछापका रेडियोहरुबाट समेत सूचना प्रशारण गरिरहेका छौं । मेला अझै पनि केहि दिन बाँकी भएकोले मेलामा सहभागी भइदिनुहुनको लागि अनुरोध गर्न चाहन्छु ।
यो औद्योगिक व्यापार मेला कहिले सुरु भयो र कहिले समापन हुँदैछ ?
प्रथम रामेछाप कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला यहि चैत्र महिनाको ५ गते सुरु ग¥र्यौं । सञ्चालित मेला हामी १७ गते समापन गर्नेछौं ।
तपाईहरुले दिनदिनै फरक फरक राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु झिकाएर प्रस्तुती दिन लगाउनु भएको छ ? कलाकारकै कारण दर्शकहरु मेलामा आउने क्रम बढेको वा घटेको के पाउनु भएको छ ?
कलाकारको कारणले दर्शक बढ्ने घट्ने सामान्यतः त्यसको प्रभाव छँदैछ । त्यो भन्दा बाहेक चाँही सार्वजनिक बिदाको दिन मेलामा आउने दर्शकको संख्या बढेको छ । कार्यक्रममा आउने राष्ट्रिय स्तरका अतिथि कलाकारको नाम हेरेर पनि मेलामा दर्शक आउने गरेका छन् । समग्रमा मेलामा सोचेअनुरुपको संख्यामा दर्शक सहभागि नभए पनि हामीले संख्यात्मक हिसावमा सन्तोषजनक उपस्थिति पाएका छौं ।
आयोजित यस मेलामा यहाँहरुले कति दर्शकको अपेक्षा गर्नुभएको थियो, हाल कतिले मेला अवलोकन गरे ?
हामीले कार्यक्रमको प्रस्तावपत्र तयार गर्दा जिल्लाभित्र तथा बाहिरका गरी १ लाख दर्शक भित्राउँछौं भन्ने अपेक्षा लिएका थियौं । प्रतिकूल समयको बावजुद पनि हालसम्म १८ देखि २० हजार दर्शकले मेलाको अवलोकन गर्नुभएको छ । मेला अझै पनि ५ दिन चल्ने हुँदा २० हजार जति दर्शक अझै मेलाको अवलोकनका लागि आउनु हुनेछ भन्ने अपेक्षा गरेका छौं । अझै पनि राष्ट्रिय स्तरका कलाकारहरु पशुपति शर्मा, ज्योति मगर लगायत रामेछापकै माटोमा जन्मिएका राष्ट्रिय कलाकारहरु आउनै बाँकी छ । त्यसैले अझै पनि ठूलो संख्यामा दर्शकहरुको उपस्थिति हुनेछ भन्नेमा हामी आशावादी छौं ।
आयोजकको हिसाबले यो मेलामा कति खर्च हुने अनुमान गर्नुभएको छ ?
प्रारम्भमा हामीले यस मेलामा साँढे ३६ लाख खर्च हुने अनुमान गरेका थियौं । तर मेला सञ्चालन हुँदै गर्दा साँढे ५६ लाख खर्च हुन सक्ने अनुमान गरेका छौं । तर हामीले मेलाको लागि आवश्यक रकमको उचित व्यवस्थापन गर्न सकिरहेका छैनौं । जिल्लामा पहिलो पटक तामाकोशी नदिमा ¥याफ्टींङ्ग पनि महोत्सवको एउटा आकर्षणको रुपमा सञ्चालन गरेका थियौं । मेलाको पाँचदिनसम्म हामीले ¥याफ्टींङ्ग सञ्चालन ग¥यौं । तर त्यसमा पनि हामीलाई आवश्यक ज्ञान नभएको कारण घाटा ब्यहोर्नु प¥र्यो । तर जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि हामीले रामेछापमा महोत्सबको सुरुवात गर्न सकेका छौं । आगामी दिनमा पनि हामी यस प्रकारका कार्यक्रमहरुको आयोजना गर्नेछौं । हाम्रो संस्था लगायत संस्थाको परिवार मेला व्यवस्थापनको लागि हरतरहले लागिरहेका छौं ।
मेला व्यवस्थापनको लागि आर्थिक स्रोत कसरी व्यवस्थापन गर्नुभएको छ ?
हामीले मेला तयारी गर्दै गर्दा स्रोतको विषयमा पनि छलफल गरेका थियौं। हाम्रो संस्था पनि भर्खरै मात्र बामे सर्दै गरेको संस्था भएको कारण पर्याप्त रकम खर्च गर्न सक्ने अवस्था पनि छैन । यद्यपि हामी संस्थाका पदाधिकारीले समेत मेला सञ्चालनको लागि व्यक्तिगत रकम जुटाएका छौं । मेलामा आउने दर्शकको लागि थोरै पवेश शूल्क समेत राखेका छौं । तर टिकट वापत संकलन भएको रकमले कलाकारलाई समेत दिन पुगेको अवस्था छैन । अहिले कलाकारको लागि दिनुपर्ने रकम समेत हामी आफ्नै खल्तीबाट दिएका छौं । अहिलेसम्म मेला सञ्चालनको लागि कतैबाट पनि आर्थिक संकलन गरेका छैनौं । तर हामीले मन्थली बजारका व्यापारी तथा व्यवसायिलाई आपूmले सकेको सहयोग गर्नको लागि अपिल गरेका छौं । उहाँहरुले दिएको आर्थिक सहयोग धेरथोर नभनीकनै हामीले हात थापेका छौं । तर कसैलाई पनि शर्त राखेर जबरजस्ती गरिएको छैन ।
प्रदेश सरकार र स्थानीय सरकारबाट मेला सञ्चालनको लागि कति रकम अपेक्षा गर्नु भएको छ ?
हामीले मेलाको लागि आवश्यक लागत सहितको प्रस्तावपत्र प्रदेश सरकारलाई पनि पठाएका छौं । तर प्रदेशबाट हामीले लागत व्यवस्थापनको लागि कुनै पनि आश्वासन पाएका छैनौं । उहाँहरुले मात्र पहिला महोत्सव सकेर आउनुस भन्नु भएको छ । स्थानीय सरकारमा पनि मन्थली नगरपालिकासँग हाम्रो विषेश अपेक्षा रहेको छ । तर रामेछाप जिल्लाका २ वटा नगरपालिका र ६ वटै गाउँपालिकाका अध्यक्ष ज्यूहरुलाई भेटेर हामीले प्रस्तावपत्र पेश गरेका छौं । उहाँहरुले पनि महोत्सवको लागि साझेदारी गर्ने रकमको बिषयमा कुनै पनि जानकारी आएको छैन । हामीले गाउँपालिकाबाट पनि आशा गरेका छौं । निश्चय पनि उहाँहरुले जिल्लामा गरेको प्रथम महोत्सवको लागि आर्थिक साझेदारी गर्नुहुनेछ । रामेछापमा प्रथम पटक यो महोत्सबको आयोजना गरिएको छ । यो जिल्ला कै पहिलो शान हो । हामीले मेलाको लागि लाग्ने अनुमानित लागतमा पनि मन्थलीको स्थानीय व्यापारी, व्यवसायी तथा स्थानीय सरकारबाट १५ देखि २० लाख रुपैंया जुटाउन सकिन्छ कि भन्ने अपेक्षा लिएका छौं ।
आर्थिक स्रोतबिना नै हिम्मतका साथ मेला सञ्चालन गर्नुभएको रहेछ, अव कसरी खर्च व्यवस्थापन गर्नुहुन्छ ?
मैले अघि पनि भनिसँकें, आर्थिक रुपमा हामी अझै पनि घाटामा छौं । तर पनि रामेछापमा पहिलो हिम्मत हामीले गरेका छौं । यसबाट हामीले धेरै सिक्ने अवसर पाएका छौं । मेला सञ्चालनको अवधिमा आयोजकको तर्फबाट धेरै कमी कमजोरी पनि भए होलान । तर हामी आगामी दिनमा यसलाई सुधारेर थप राम्रो गर्ने कोसिस भने निश्चय पनि गर्नेछौं । मेला व्यवस्थापनमा कमी कमाजोरी भएका रहेछन् भने यहाँहरु समक्ष माफी माग्न चाहन्छु र मेलालाई भव्य र सभ्य बनाउन हरेक तह तप्काबाट सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्न चाहान्छु ।
मेला सञ्चालनमा मुख्य समस्या के हुनेरहेछ ?
मेला सञ्चालन गरिरहँदा स्थानीयहरुलाई फ्रिमा मेलामा जान पाए हुन्थ्यो भन्ने चाहना हुनु स्वभाविक हो । तर त्यसैको कारणले बेला बेलामा झमेला हुने गरेको छ । रामेछाप महोत्सव नै जिल्लामा पहिलो पटक आयोजना गरिएको र मेला व्यवस्थापनमा अभ्यस्त नहुँदा अन्य धेरै समस्याहरु पनि सिर्जजना भए । मन्थलीको हाटेचौरमा सञ्चालन गरिएको मेलामा स्थानीयको लागि फ्रिमा पास मिलाइदिनु पर्छ भन्ने दवाव पनि आयो । हामीले स्थानीयको माग अनुरुप नभई सिमित पासको व्यवस्था पनि मिलाइदिएका छौं । पासकै बिषयमा स्थानीयबाट केहि समस्याहरु आए पनि हामीले त्यो किसिमको समस्यालाई सम्बोधन गरेर मेलालाई भव्य बनाउँदै लगेका छौं ।
विषेशतः यस प्रकारका कार्यक्रमको आयोजना गर्दा मुख्य समस्या चाँही के हुनेरहेछन् ?
मेला व्यवस्थापनको लागि बिषेशगरी स्थानीय स्तरमा सबै पक्षसँग सम्पर्क र समन्वय हुन जरुरी हुनेरहेछ । त्यस्तै कार्यक्रम स्थलको उचित छनौट पनि प्रमुख बिषय हो । त्यस्तै महोत्सव सञ्चालन गर्ने स्थानमा बिजुली, पानी र उचित पूर्वाधारको उपलब्धता हुनु जरुरी हुने भएकाले यसमा ध्यान पु¥याउन जरुरी हुनेरहेछ । त्यस्तै मेला सञ्चालनको लागि स्थानीय व्यक्ति, संघसंस्था लगायतको भूमिका अग्रणी हुने भएकोले त्यसमा पनि सुक्ष्म तरिकाले ध्यान दिन जरुरी देखियो । त्यस्तै मेला सम्वन्धि सहि सूचना र जानकारी मेला सञ्चालन पूर्व नै सबै क्षेत्रमा पुग्न आवश्यक देखियो । सबैभन्दा महत्वपूर्ण कुरा मेला सञ्चालन गर्ने समय पनि उपयुक्त हुनु जरुरी रहेछ । आगामी बर्षमा पनि महोत्सव सञ्चालन गर्न हामीले प्रस्ताव पत्र तयार गरेका छौं । मैले माथि पनि भेनेको छु । आगामी बर्षका कार्यक्रमका लागि यो बर्ष सञ्चालन गरिएको महोत्सवबाट सिक्दै कमी कमजोरी नदोहो¥याउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२