Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्मचारीले दलको समर्थन वा विरोध गरे कारबाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ३० २०७८
  • 9.9K
    SHARES

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको मिति वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सफलतापूर्वक हुने दोहोर्याएका छन् ।

प्रदेश १ सरकारसँग निर्वाचन आयोगले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा गरेको कार्यक्रममा आयोगका प्रमुख आयुक्त थपलियाले निर्वाचनको लागि प्रदेशले सरकारको सहयोग हुने अपेक्षा रहेको बताए ।

प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको तयारी द्रुतगतिमा गरिरहेकाले तोकिएको समयमा निर्वाचन नहुनेमा भन्ने विषय सोच्न पनि नसकिने बताए । प्रमुख आयुक्त थपलियाले केही जिल्लाको मतपत्र छपाईका कामसमेत सम्पन्न भई सम्बन्धित जिल्लामा ढुवानीसमेत हुन थालेका जानकारी दिए ।

कर्मचारीलाई कुनै पनि राजनीतिक दलको समर्थन वा विरोधमा सार्वजनिक धारणा सार्बजनिक गर्न नदिईने बताए । ‘कुनै अमुक दलको समर्थन वा विरोध गरे त्यो निर्वाचन आचारसंहिता विपरित हुन्छ, उनले भने, निर्वाचन आचार संहित विपरितका कार्य भए आयोगले तत्काल कार्वाही गर्छ ।’

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने बताएका हुन् ।

‘निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्छौं,’ मुख्यमन्त्री राईले भने । प्रदेश १ सरकारका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले निर्वाचन सम्पन्न गर्नका लागि आयोगले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न प्रदेश सरकार र कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४