Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीकाे चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ३० २०७८
  • 7.2K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे छ ।

माओवादीले चुनाव प्रचारका लागि बनाएको पोष्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे हाे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमान घिसिङको पनि फोटो राखेर “अँध्यारोबाट उज्यालोको यात्रा” नारामा माओवादीले पोष्टर सार्वजनिक गरेको छ ।

साे पोष्टर माओवादी अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरिएको छ । तीन जनाको फोटोमाथि माओवादीको चुनाव चिन्ह हँसिया हथौडा राखिएको छ भने ’ह्यासट्याग भोट फर सिपिएन माओइस्ट’ समेत लेखिएको छ ।

माओवादी कार्यकर्ताले यही पोष्टरसँगै ईमेज टेलिभिजनबाट प्रसारित अन्तर्वार्तामा घिसिङले आफूलाई दाहाल र शर्माले प्राधिकरणको प्रमुख बनाएको भनी दिएको अन्तर्वार्ता प्रचार गर्न थालेका छन् । माओवादीको चुनावी यो पोष्टर र प्रचार सामग्री निर्वाचन आचारसंहिता विपरित हो ।

आयोगले जारी गरेको आचारसंहिता अनुसार कुनै पनि सरकारी कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसार कार्यमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाईदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४