Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘अर्थमन्त्री जनार्दन शर्मालाई जेल सजाय हुनुपर्छ’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २७ २०७८
  • 12.5K
    SHARES

कुर्सीमाथि फर्सी, फर्सीमाथि जनार्दन शर्माको तस्वीरमार्फत् व्यंग्यात्मक प्रदर्शन

काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पाैडेलले अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्न माग गरेका छन् ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

कार्यक्रममा बाेल्दै उनले भने, ‘मुलुक भवाभह आर्थिक संकटमा गुज्रिरहेको समयमा आफ्ना अनुचित दबाब पालना नगरेका कारण राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्री जनार्दन शर्माले निलम्बन गर्ने जुन काम गर्नुभयो, यसले बढ्दो संकटपूर्ण अवस्थामा विश्वभर नकारात्मक सन्देश प्रवाह गर्ने भएको हुँदा यो गम्भीर अपराध हो ।’

त्यस्तै अगाडि उनले भने, ‘त्यसैले यसका मुख्य अभियुक्त रहेका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त मात्र होइन, जेल सजाय नै हुनुपर्छ ।’

कोभिड-१९को महामारीको विशम परिस्थितिमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले ७ प्रतिशत आर्थिक वृद्धि गराउन सफल भएको र अहिलेको सामान्य अवस्थामा पनि ७ प्रतिशतले नै आर्थिक वृद्धि भइरहेकोसमेत अध्यक्ष पौडेलले प्रष्ट पारे ।

उनका अनुसार यही तथ्यले नै वर्तमान सरकारको नालायकीपन झल्किरहेको छ । सरकारको नालायकीपन विरुद्ध कडा प्रतिवादमा उत्रनसमेत अध्यक्ष पौडेलले युवाहरूमा आह्वान गरे ।

नयाँ बानेश्वरमा आयाेजित उक्त सांकेतिक प्रदर्शनका क्रममा अर्थमन्त्री शर्माको तस्बिर फर्सीमा पोतेर, उक्त फर्सीलाई कुर्सीमाथि राखिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४