काठमाडाैँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबले बिहीबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको अवस्थामा अर्थतन्त्र भयावह अवस्थामा नपुगेकाे र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताए ।
