Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युवा नेतृत्व खोज्दै लिखु गाउँपालिका -७


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २४ २०७८
  • 7.1K
    SHARES

ओखलढुङ्गा / जिल्लाको लिखु गाउँपालिकामा अहिले चुनावी चहल पहल बढेको छ । गाउँमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा स्थानीयभन्दा दलहरू सक्रिय छन् । दलहरू आफ्नो कुन उम्मेदवारलाई उठाउँदा जित्ला भन्ने अङ्कगणित अन्तिम अवस्थामा छन् ।

आकाङ्क्षीहरू पनि कसरी हुन्छ, उम्मेदवार बनी हाल्न पाए हुन्थ्यो भन्नेमा देखिन्छन् । अघिल्ला चुनावहरुमा हाम्रालाई जिताउनुपर्छ र उम्मेदवार बनाउनुपर्छ भन्नेहरू २०७९ सालको निर्वाचनमा आउँदा केहीले आफ्नालाई च्यापेपनि धेरैले राम्रो र केही गर्न सक्नेलाई नेतृत्व ल्याउनुपर्छ भन्नेमा केन्द्रित देखिएका छन् ।

नेकपा एमाले लिखु गाउँपालिका ७ का अध्यक्ष विजय बस्नेत राम्रा र युवालाई उम्मेदवार बनाउन पार्टीले कन्जुस्याइँ गर्न नहुने बताउँछन् । उमेरले ३१ वर्षीय बस्नेत आफैँ पनि वडा अध्यक्षको उम्मेदवारको आकाङ्क्षी भएको बताउँछन् । युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य तथा लिखु गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्षको नाताले राम्रो मान्छेलाई पालिका र वडाको नेतृत्वमा ल्याउनु पर्ने उनको भनाई छ ।

नागरिकका दुःखसुखमा साथ दिने खालको नेतृत्व नागरिकले चाहेकोले युवाको सक्रियता बढाउनु पर्ने अवस्था रहेको उनले बताए । ‘पार्टीको संगठन बनाएको, विकास निर्माणमा चासो राख्ने र नागरिकका दुःखसुखमा साथ दिने खालको नेतृत्व पालिका र वडाहरूले खोजेका छन्,’ उनले भने, ‘युवालाई अघि बढाउन सकिन्छ भन्ने नागरिकको बुझाई छ ।

लिखु गाउँपालिका ७ मा यसअघि नेकपा एमालेबाट नै बेदबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका थिए । ‘यसअघिको अध्यक्षले पनि राम्रो काम गरेको हुन्,’ उनी भन्छन्, ‘एक पटक निर्वाचित जनप्रतिनिधि नदोहोर्‍याउँदा राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४