Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कार्की


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २३ २०७८
  • 7.8K
    SHARES

काठमाडाैँ । नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की चयन भएका छन् । महासङ्घको मङ्गलबार साँझ सम्पन्न दोस्रो महाधिवेशनले कार्कीको संयोजकत्वमा ९० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा मनोजबाबु श्रेष्ठ र प्रथम उपाध्यक्षमा कमल अग्रवाललाई चयन गरिएको छ । यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गोविन्द कार्की, राजेन्द्रबाबु श्रेष्ठ, दीपकचन्द्र प्रधान, रामप्रसाद न्यौपाने, कुसुम महर्जन, मुमताज अन्सारी, धीरेन्द्र रिजाल, शेखरचन्द्र राई, सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, लक्ष्मी खड्का र रामप्रसाद अवाल चयन भएका छन् ।

यसैगरी महासचिवमा रत्नबहादुर घिमिरे, उपमहासचिवमा रामकुमार तिम्सिना, बदनकुमार भण्डारी र चेङा शेर्पा, कोषाध्यक्षमा गणेशकुमार न्यौपाने, सहकोषाध्यक्षमा राजेन्द्रकुमार प्रजापति, अञ्जु चाम्लिङ राई र गोरखबहादुर थापालाई चयन गरिएको छ ।

सात सचिवमा क्रमशः होमनाथ गिरी, टेकप्रसाद धिताल, नवराज भण्डारी, किशोरकुमार गौतम, तेजप्रसाद आचार्य, हिमलाल खरेल र नवीन लुइँटेल, सात सहसचिवमा क्रमशः मोहनकुमार माका, सूर्यबहादुर रायमाझी, शिवहरि प्याकुरेल, टेकबहादुर श्रेष्ठ, श्रीनारायणप्रसाद न्यौपाने, कृष्णप्रसाद दुवाल र डासुराम घिमिरेलाई चयन गरिएको छ ।

विसं २०७३ मा स्थापना भएको महासङ्घमा देशभरका २२ सङ्घ आवद्ध छन् । हाल महासङ्घमा देशभरका १० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिए । -रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४