Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २१ २०७८
  • 7.4K
    SHARES

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष र राष्ट्रपति गोटाबाया राजापाक्ष । उनीहरु दाजुभाइ हुन् ।

काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ ।

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएलगत्तै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।  शिक्षामन्त्री दिनेश गुणवर्धनले मन्त्रिपरिषदका सदस्यहरुले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् ।

सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक स्थितिबाट श्रीलंका गुज्रिरहेको छ । डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तुसमेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोलपम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४