Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत २१ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २१ २०७८
  • 7.3K
    SHARES

                                                                          पञ्चाङ्ग
वि.सं. चैत २१, २०७८ । ई.सं. ४ अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल, उत्तरायण वसन्त । सोमबार चैत्र शुक्लपक्ष । तिथि- तृतीया, १३:३५ बजे उप्रान्त चतुर्थी । नक्षत्र- भरणी, १४:२० बजे उप्रान्त कृत्तिका । योग- विष्कम्भ, ७:४९ बजे उप्रान्त प्रीति । करण- गर १३:३५ बजेदेखि वणिज , २६:१६ बजे उप्रान्त वालव । चन्द्रराशि मेष । आनन्दादि योग चर । दिनमान ३१।१२ । सूर्योदय ५:५४ । सूर्यास्त १८:२२ । मन्वदि , गौरीव्रत ।

राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। आस मारेको नतिजा समेत सकारात्मक बन्नेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

विभिन्न भौतिक साधन जुट्नेछन् र नयाँ काम प्रारम्भ हुनेछ। तर कामको मेसो नमिल्दा केही पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न केही समय लाग्नेछ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। उठेकाे रकम खर्च हुनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र नयाँ काम प्रारम्भ हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यापार-व्यवसायमा मनग्य फाइदा हुनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। मौका आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बाध्यतामा अलमलिनुपर्ला। परिश्रमको उचित मूल्य नपाइने स्थिति देखिन्छ। साथीभाइको सहयोग भने जुट्नेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। समस्या दर्साउँदा सहयोगी जुट्नेछन्। बिग्रिएको काम सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्ना सूचना बाहिरिनाले समस्या आउला। पेटको खराबीले कमजोर भइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। उपलब्धिविहीन काममा समय बित्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। तापनि मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्नेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। काममा रुचि बढ्नेछ भने व्यापारमा राम्रै लाभ हुनेछ। बुद्धिको उपयोगले मनग्य लाभ उठाउन सकिनेछ।

#हाम्रो नेपाली पात्रोबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४