Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वडा अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? नवराज भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २० २०७८
  • 8.4K
    SHARES

©नवराज भट्टराई

 २०७९ साल बैशाख ३० गते नेपाल भरका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरू मा स्थानीय निकाय निर्वाचन सम्पन्न हुँदैछ । विगतमाझैं यसपाली पनि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी स्थानीय निकायका विभिन्न पदहरूमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयार गर्दैैछन् ।यसै सन्दर्भमा धादिङ जिल्लाको धुनिवेशी न.पा.२ को वडा अध्यक्ष पदमा मैले आफ्नो तर्फबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरिसकेको छु । विगतमा सम्पन्न स्थानीय निर्वाचनमा पनि विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारीको हैसियतले धुनिवेशी न.पा. को वडा लगायत मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरूमा उम्मेदवारी दिने बेला भएको राजनैतिक दलको गुटबन्दीले गर्दा ।

मेयर पदमा ने.क.पा एमालेका बालकृष्ण आचार्यले मेयर पदमा बिजय हासिल गरेका थिए भने अन्य पदहरू ने.क.पा. एमाले लगायत नेपाली काङ्ग्रेस, माओवादीका उम्मेदवारीहरूले बिजय हासिल गरेका थिए । स्थानीय निकायमा निर्वाचन हुनु, बढी मत प्राप्त गर्ने उम्मेदवारले बिजय हासिल गर्नु र कम मत प्राप्त गर्नेले पराजित हुनु स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्वभाविक प्रकृया हो । आगामी बैशाख ३० गते सम्पन्न हुने उक्त स्थानीय निकाय निर्वाचनमा धुनिवेशी न.पा. वडा नं २ को अध्यक्ष पदमा मैले स्वतन्त्र उम्मेदवारको हैसियतले उम्मेदवारी दिने घोषणा गरी सकेको कुरा अधिकांश धुनिवेशी न.पा. २ का मतदाताहरूलाई जानकारी गराउन चाहान्छु ।

मैले आफ्नो उम्मेदवारी घोषणा गरिरहँदा कुनै व्यक्ति विशेष वा राजनीतिक दलहरूप्रति आग्रह पूर्वाग्रह वा कुनै आक्षेप लगाई मतदाताहरूसंग मत माग्ने पक्षमा छैन । यस अघि निर्वाचित जनप्रतिनिधिहरूले मतदाताहरूको अपेक्षा अनुरूप आफ्नो पदमा रही के कति योगदान गर्न सके वा सकेनन् । स्वयम मतदाताहरूले नै मूल्याङ्कन गर्ने विषय हो । जहाँसम्म धुनिवेशी नगरपालिका २ नं वडा विगतमा भएको निर्वाचनमा म पनि एक मतदाताको हैसियतले जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दा जनतावाट निर्वाचित राजनीतिक दलका प्रतिनिधिहरूले धुनिवेशी न.पा. २ का मतदाताहरूको अपेक्षा अनुरूप कुनैपनि कार्य गर्न नसकेको कुरा मतदाता सामु छर्लङ छ ।

उनीहरूले केवल आफ्नो दलिय स्वार्थ, नाता गोता, कार्यकर्ता, आसेपासेहरूका निमित्त मात्र स्वार्थसिद्धीमा लिप्त भएको कुरा मैले यस लेख मार्फत जानकारी गराई राख्नु पर्ने आवश्यक ठान्दीन किनकी सचेत मतदाताहरू आफै विज्ञ हुनुहुन्छ । निर्वाचन अघि मतदाताहरू सामु गरिएका प्रतिवद्धता र निर्वाचन पछि जनप्रतिनिधिहरूले जनताप्रति देखाएको रूस्ट व्यवहार आफैमा प्रष्ट छ । यो सवै प्रणालीको दोष होईन । हो भने केवल व्यक्तिगत क्षमता, कार्यकुशलताको अभाव र निजहरूले जनताको सेवा भन्दा आफ्नो पदलाई व्यवसायिक पदको रूपमा रूपान्तर गर्नु नै प्रमुख कारक हो भन्ने कुरा छर्लङ छ ।

आगामी बैशाख ३० गतेको निर्वाचन पछिको सन्दर्भ

धुनिवेशी नगरपालिका २ नं वडा राजधानी प्रवेशको प्रमुख नाकामध्येको एक हो । धुनिवेशी नगरपालिका धादिङ जिल्लाकै अन्य गा.पा तथा नगरपालिकाको तुलनामा धार्मिक, सांस्कृतिक, पर्यटकीय र आर्थिक रूपले सम्पन्न हुँदा हुँदै यस नगरपालिका भित्र निर्वाचित जनप्रतिनिधिहरूको अदुरदर्शिता र कार्य क्षमताको अभावमा यस २ नं वडा भित्र रहेका प्रचुर स्रोत साधनलाई उचित परिचालन गर्न नसक्दा धुनिवेशी नगरपालिका वडा नं २ का जनताले विकासको अनुभूति हालसम्म गर्न नै पाएनन् ।

तर २०७९ साल वैशाख ३० गतेको निर्वाचन पछि यस नगरपालिका २ नं वडा भित्रका जनताले अभाव, असुविधा लगायत २ नं वडा विकासमा अवरोध आएको महशुस गर्नु पर्ने छैन । किनकी उक्त निर्वाचनमा मैले वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेको र धुनिवेशी नगरपालिका २ नं वडाका आम मतदाताहरुले निर्वाचन आयोगद्वारा मलाई प्रदान गर्ने निर्वाचन चिन्हमा मतदान गरी वडा अध्यक्ष पदमा अत्यधिक बहुमतले बिजय बनाउनु हुने नै छ भन्ने अपेक्षा लिएकी छु । तत्पश्चात धुनिवेशी नगरपालिका २ नं वडा बासिन्दाहरूले उल्लेखित समस्याहरू भोग्नु पर्ने छैन भन्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।

म एक युवा सिर्जनसिल मात्र होइन । म भित्र धुनिवेशी नगरपालिका २ नं वडा भित्र रहेका प्रत्येक समस्याहरु संग परिचित छु । साविक १,२,३,४,५ सवै वडाका समस्याहरूलाई सरल तरिकावाट समाधान गर्ने इच्छा मात्र होईन । विज्ञ तथा प्राविधिक समुहहरूको सल्लाह सुझाव लिई प्रविधियुक्त नमुना वडाको रूपमा विकास गर्ने क्षमता समेत म राख्दछु । अहिले निर्वाचन अघि मैले गरेका प्रतिवद्धताहरू प्रत्येक मतदाताले मेरो प्रतिवद्धता–पत्र लिई वडा कार्यालयमा समाधान खोज्न सक्नु हुने छ । निरन्तर र विस्तृत रूपमा र निर्वाचन अवधिमा यहाँहरूको घरदैलो र सामुहिक कार्यक्रममा मेरा आफ्ना विस्तारित कार्ययोजना प्रस्तुत गर्ने नै छु।

नवराज भट्टराई
(वडा अध्यक्ष स्वतन्त्र पदका आकांक्षि उम्मेदवार धुनिवेशी नगरपालिका, २ धादिङ ) पृष्ठभूमि

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४