Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभाव र मूल्य बढ्ने त्रास एकसाथ, पेट्रोल पम्पहरुमा लाइन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १९ २०७८
  • 5.6K
    SHARES

©जन प्रहार

काठमाडौं । काठमाडौंमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ । पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने अवस्था देखिएपछि शुक्रबार अबेर रातिसम्म पनि पेट्रोल पम्पहरुमा सवारीहरुको लामा लाइनहरु लागेको छ ।

काठमाडौंमा धेरैजसो पेट्रोलपम्पमा तेल भर्न बसेका धेरैजसोमा आशंका पेट्रोलियम ढुवानी रोकिएकाले शनिबारबाट तेल नपाइने होकि भन्ने आंशका थियो । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् ।

पम्पमा लाइन लागेको देखेपछि अन्य सवारीहरु इन्धन अभाव हुने डरले जोहोमा लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४