Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न, ‘स्थानीय चुनावको मुखैमा भारत भ्रमणमा किन जानु भो ?”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १८ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

 शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलामा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई यस्तो प्रश्न गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रेका अध्यक्ष ओलीले ‘यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानुभयो ?’ भनेर आशंका समेत व्यक्त गरे । प्रधानमन्त्री आउनेबित्तिकै ‘यतिबेरै किन भारत भ्रमणमा जानु भो ?’ भनेर आफूले प्रश्न सोध्ने पनि उनले बताए ।

अध्यक्ष ओलीले भनेका छन्, ‘प्रधानमन्त्रीजी विदेश जानु भएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानु भयो कुन्नि ? आएपछि सोध्नुपर्ला, यति समय किन जानु भएन, यतिबेरै किन जानु भो भनेर । यही समयमा किन जानु भो भनेर ?

त्यस अवसरमा ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराए । पाँच दलीय गठबन्धन केजीको ढक भएको र आफ्नो पार्टी क्वीन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उनको तर्क थियो ।

अध्यक्ष ओलीले एमाले जितुवा बानी परेको पार्टी भएको उल्लेख गर्दै यसले अब हार व्यहोर्नु नपर्ने जिकिर गरे । माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले गरे । देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन पनि उनले पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिए ।

उनले भनेका छन्, ‘पहिले एमालेलाई माधव नेपालहरुले हार्ने बानी लगाए । अब एमालेको हार्ने बानी छैन । जित्ने बानी हो । माधव नेपाल पालाको हार्ने आदत एमालेले छोडिदियो । २४० सिट लड्दाखेरी ३३ सिटमा खुम्चने । एमाले भाले हो कि पोथी हो भन्ने मान्छे । के नीति हो, एमालेको थाहा छैन जिस्क्याउने । अनि न काँग्रेसको विरोधमा दुई शब्द बोल्न सक्ने ? जानुपर्ने रहेछ, काँग्रेसमा के बोल्नु ? काँग्रेसका विरुद्ध । पछि लाग्नुपर्ने रहेछ, काँग्रेसको कसरी बोल्नु । प्रचण्ड पथ कस्तो रहेछ ? प्रचण्ड पथ भनेको कन्तविजोग नै हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४