Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कारको झुटा आरोप लगाउने युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय!


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १८ २०७८
  • 5.9K
    SHARES

© जन प्रहार प्रतिनिधि 

अछाम । जिल्ला अदालत अछामले बलात्कारको झुटा आरोप लगाउने एक युवतीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया युवतीलाई उक्त सजाय सुनाएको हो ।

उक्त युवतीले गत माघ १५ गते घरमा हात माग्न आएका २० वर्षीय पुरूषले बलात्कार गरेको भन्दै सोही महिनाको १७ गते प्रहरीसमक्ष जोहरी दिएकी थिइन् । केही दिन फोनमा कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो ।

सोही क्रममा घरमा पुगेका उक्त पुरूषले युवतीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए । सोही राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको र किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए । खाटमा बहिनीसँग सुतेकी युवतीले भुइँमा सुतेका पुरूषले तानेर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

तर, पुरूषले राति खाटबाट युवती आफै सँगै सुत्न आएको र पछि सहमतिमा यौन सम्पर्क भएको प्रहरीसमक्ष बयान दिएका थिए ।

त्यस्तै विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको भन्ने युवतीको बयानलाई अदालतले आधार बनाएको हो ।योसँगै बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका उक्त पुरूषलाई सहमतिमा यौनसम्पर्क भएको तर, जबरजस्ती करणी नभएको ठहर गर्दै अदालतले सफाइ दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४