पुष्कर खड्का
रामेछाप । रामेछापको मन्थलीमा म्यादी प्रहरीमा भर्ना हुन आएका एक युवक तामाकोसी नदीमा वेपत्ता भएका छन् ।
दोरम्बा सैलुङ गाउँपालिकाका वडा नम्बर २ का १९ वर्षीय इशान विश्वकर्मा मन्थली स्थित तामाकोसी नदिमा पौडिखेल्ने क्रममा डुवेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार आज मध्यान्ह करिब १२ बजे उनी पौडी खेल्ने क्रममा बेपत्ता भएको रामेछापका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले बेपत्ता युवकलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको रामेछाप प्रहरीले जनाएको छ ।