Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चारवटा प्रदेशमा आज र भोलि वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १६ २०७८
  • 1.9K
    SHARES

काठमाडौं । आज र भोलि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने मौसमविदले बताएका छन् । पर्सि भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार वर्षा क्षणिक र हल्का खालको हुने छ । बादल लागेर धुम्म हुने अवस्था भने पछिसम्म पनि कायम रहने र प्रदूषण पनि तत्कालै नहट्ने उनले बताइन् ।

भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण अहिले काठमाडौं उपत्यका सहितका भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद मानन्धरले बताइन् ।

अहिले प्रिमनसुन अवधि जारी छ । मार्च १ देखि मे महिनाको अन्तिमसम्मको अवधिलाई प्रिमनसुन अवधि भनिन्छ । यो अवधिमा हावाहुरी चल्नुका साथै मेघ गर्जन र चट्याङ बढी पर्छ । त्यसैले चट्याङबाट जोगिन विशेष सावधानी अपनाउनु पर्ने मौसमविदको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४