Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री बिहानैदेखि विभिन्न कार्यक्रममा व्यस्त


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १२ २०७८
  • 8.7K
    SHARES

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी आज शनिबार औपचारिक कार्यक्रममा व्यस्त रहने कार्यसूची रहेको छ ।

शुक्रबार अपरान्ह नेपाल आउनु भएका विदेशमन्त्री वाङ विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेपनि कुनै औपचारिक कार्यक्रममा सहभागी हुनुभएन ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार बिहान पनि विदेशमन्त्री वाङ यी घुमफिरमा नै व्यस्त रहनेछन् । तीन बजेदेखि मात्र उहाँको औपचारिक कार्यक्रम सुरु हुनेछ । दिउँसो साढे ३ बजेदेखि पौने ४ बजेसम्म परराष्ट्रमन्त्री डा. नारायण खड्का र विदेशमन्त्री वाङबीच विशेष भेटवार्ता हुनेछ ।

विदेशमन्त्री वाङसहित २० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलसँग परराष्ट्रमन्त्री खड्कासहितको १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको छुट्टै बैठक बस्नेछ । सोही क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

विदेशमन्त्री वाङ यीले आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । जसअनुसार उहाँ पौने ६ बजेदेखि सवा ६ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटमा व्यस्त हुने तालिका छ ।

सोही क्रममा सवा ६ बजेदेखि साढे ६ बजेसम्म प्रधानमन्त्री देउवासँगै विदेशमन्त्री यीले काठमाडौंबाट भर्चुअल रूपमा हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागिता जनाउनेछन् । त्यसपछि परराष्ट्रमन्त्री खड्काले आजै साँझ विदेशमन्त्री यीका लागि आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४