© नेत्र बहादुर कार्की
रामेछाप । हिमगंगा रामेछापमा माछा मार्न प्रयोग गरेको बम बिस्फोट् हुँदा एक जना घाइते भएका छन् । एक जनालाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
आज बिहिबार बिहान रामेछाप नगरपालिका वडा नं ६ बसेरीको जलजलेस्थित् लिखु नदीमा माछा मार्नको लागि भनेर बनाएको घरेलु बम विस्फोट् हुदाँ रामेछाप नगरपालिका वडा नं ४ धारापानीका ३५ वर्षीय टुकबहादुर श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जन प्रहारलाई जानकारी दिएका हुन् ।
घाइतेको उद्दार गरि साँघुटार अस्पतालमा लागिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाउन हेलिकप्टर झिकाउने प्रयास भैरहेको प्रहरी श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार सोही घटनामा ३० वर्षीय बुद् लामा र २९ वर्षीय निला लामालाई मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरिएको जानकारी दिएका छन । उनीहरुलाई वडा अध्यक्ष टुपेन्द्र बहादुर तामाङ्ले नियन्त्रणमा लिएका हुन् । अहिले प्रहरीको नियन्त्रणमा छन्।
घटना स्थालमा अहिले जिल्ला प्रहरी कार्यालय रामेछापबाट डिएसपी राजकुमार थिङ्सहितको टोली र रामेछाप नगरपालिकाका मेयर नर बहादुर थापामगर लगाएतको टोलि घटनास्थल भएको स्थानमा जादै गरेको कुरा रामेछापका मेयर थापामगरले जन प्रहारलाई जानकारी गराउनु भएको छ ।
