Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लेटाङमा कर्फ्यु जारी, बोलाइयो सर्वदलीय बैठक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ८ २०७८
  • 4.3K
    SHARES

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा आज पनि कर्फ्यु जारी छ । एक प्रहरीको ज्यान जाने गरी भएको घटना नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले लगाएको कर्फ्यु अझै जारी रहेको हो ।

लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको शिक्षा विकास माविका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहारको विषयलाई लिएर आइतबार साँझ स्थानीयको आक्रमणबाट एक प्रहरी जवानको ज्यान गएको थियो । स्थानीयको चक्कु प्रहारबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि स्थितीलाई नियन्त्रणमा लिन कर्फ्यु लगाएको थियो ।

विद्यालयकै शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीय विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरोधमा प्रहरी र स्थानीयवासी झडप भएको थियो । अहिले त्यस क्षेत्रमा कर्फ्यु जारी छ । सोमबार बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै फुकुवा हुन सकेको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अवस्था सामान्य उन्मुख हुँदै गएको अवस्थामा कर्फ्यु हट्न सक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले आज बस्ने सर्वदलीय बैठकपछि दलहरूको सहजीकरणमा कर्फ्यु हट्न सक्ने बताए । लेटाङमै आज दिउँसो सर्वदलीय बैठक बोलाइएको छ । सर्वदलीय बैठकपछि अवस्थालाई सामान्य बनाउने प्रयास हुने बताइएको छ ।

मोरङ प्रशासनले बिहान ७ बजेदेखि लागु हुने गरी वडा नम्बर ५ को सबै क्षेत्र, वडा नम्बर ३ र ४ को गंगेपुर र कमलपुर क्षेत्र, वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रसम्मलाई कर्फ्यु लगाएको हो । लेटाङ घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४