पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आइतबार थप ३८२ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आइतबार पनि कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामाथप ३८२ जना कोरोना संक्रमणबाट निको भएका छन् भने हाल ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका छन् ।
देशभर गरिएको २ हजार ७ सय ९८ पीसीआर परीक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय ८३ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३ हजार २ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।
