Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भन्सार शुल्क मिनाहामा नियत सफा देखिएन : श्रीवास्तव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क मिनाहा गरिदिंदा राम्रो हुने बताएका छन् । अनावश्यक वस्तुमा मिनाहा दिंदा नियत सफा नदेखिएको उनले बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘दैनिक उपभोग्य सामग्रीहरु जस्तो चामल आउँछ, गहुँ आउँछ, औषधिहरु आउँछ, शैक्षिक सामग्रीहरु आउँछ । त्यस्ता कुराहरुमा बरु मिनाह दिनु राम्रो होला । तर, अनावश्यक वस्तुमा दिँदा नियत सफा देखिएन ।’

सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्नुपर्ने र मूल्य वृद्धिको विषयमा विस्तृत छानवीन गर्नुपर्ने उनले बताए ।

खाने तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको र बजार अनुगमन पनि फितलो भएको भन्दै उनले असन्तुष्टि जनाए ।

उनले भने, ‘अनुगमनको क्रममा २-२ जरिवाना गर्नु हुन्छ । तर, करोडौं घोटाला गर्नेलाई धरौटीमा छाडिदिनु हुन्छ । अनि मूल्यवृद्धि त्यसै भइरहेको छ ।’

खानेतेलको मूल्य वृद्धिको उदाहरण दिंदै उनले भने, ‘खानेतेलको कस्तो रहेछ भने सिष्टम भन्दाखेरी तेस्रो मुलुकबाट खानेतेल यहाँ ल्याउने, त्यसलाई फेरि प्याकिङ गर्ने, फेरि तेस्रो मुलुकमा पठाउने । नेपालमा खपत गर्न समेत उनीहरुले कन्जुस्याइँ गर्ने । जसले गर्दा यसमा अभाव हुन्छ अनि मूल्यवृद्धि भएर गइरहेको छ ।’

सभापति श्रीवास्तवले बजार अनुगमनको कामलाई सरकारले तीव्रता नदिए महँगी झनै बढेर जाने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४