Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनबाट ५ सय ३३ नेपालीको उद्धार : परराष्ट्रमन्त्री खड्का


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २३ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको जानकारी दिनुभएको छ । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरिएको बताउनुभयो । उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको उहाँले बताउनुभयो ।

मन्त्री खडकाले भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिनुभयो । जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतमार्फत युक्रेनमा रहेका नेपालीको उद्धारका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको बताउनुभयो । संयुक्त राष्ट्रसंघको बडापत्रको र मानव अधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको बताउनुभयो । मन्त्री खडकाले नेपालले असंलग्न परराष्ट्र नीति अन्तरगत नै युक्रेनको समर्थन गरेको र अर्को कुनै गुटमा नगएको जिकिर गर्नुभयो ।

उहाँले छिटै राजदूत खाली रहेको स्थानमा राजदूत पठाउने बताउँदै एमसीसी लगायतका कारणबाट त्यसतर्फ सरकारले ध्यान दिन नपाएको उल्लेख गर्नुभयो । मन्त्री खड्काले इजरायलका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि सम्झौता भएको, निर्माण क्षेत्रमा नेपाली युवा युवतीलाई पठाउने प्रक्रिया अगाडि बढेको पनि जानकारी गराउनुभयो ।

सरकारले इ–पासपोर्ट लागू गरेको, ७७ जिल्ला र १८ वटा इलाका प्रशासन कार्यालयबाट राहदानी वितरण कार्यको सुरुवात भएको मन्त्री खड्काको भनाई छ । उहाँले छिट्टै नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय स्तरका भ्रमणहरु हुने र त्यसबारे पछि जानकारी गराउनुभयो । आगामी विमेस्टक सम्मेलनमा प्रधानमन्त्रीसहित नेपाली प्रतिनिधिहरू सहभागी हुने मन्त्री खड्को भनाइ छ ।

यस्तै, चीन संघको तातोपानी नाका खोल्नका लागि चिनियाँ राजदूत, चिनियाँ विदेशमन्त्री लगायतसँग छलफल गरेको र त्यसका लागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४